कमल नगर जेसिजको वर्ष २०२१ को अध्यक्ष पदकालागी दाहाल, खनाल र लामिछानेको भिडन्त

उमानाथ भण्डारी

No posts found.

कमल , मंसिर २६ ÷कमल नगर जेसिजको वर्ष २०२१ को अध्यक्षपदकालागी दाहाल, खनाल र लामिछाने भिड्दै हुनुहुन्छ ।
तिनै जना उम्मेद्वारले आफु २०२१को अध्यक्ष पदकालागी योग्य भएको भन्दै उम्मेद्वारी दर्ता गराउनु भएको हो । उम्मेद्वारी दर्ता गराउने अध्यक्षका प्रतिस्पर्धिमा जेसी तिलरुपा सुवेदी (दाहाल) ,जेसी छत्रपती खनाल , जेसी विष्णुभक्त लामिछाने ले वर्ष २०२१को अध्यक्षपदका लागी उम्मेद्वारी दर्ता गराउनु भएको निर्वाचन समितीले जनाएको छ ।
जेसी तिलरुपा सुवेदी (दाहाल) कमल नगर जेसीज स्थापना कालदेखीनै सक्रिय रुपमा जेसिजमा आवद्ध भएर विभिन्न जिम्मेवारी पुरागरि सक्नु भएको छ । दाहाल २०१७ मा उपाध्यक्ष, २०१८ मा कार्यकारिणी उपाध्यक्ष २०१९ मा कानुनी सल्लाकार र २०२० मा तालिम निर्देशक भएर आफ्नो जिम्वेवारी पुरा गरिसक्नु भएको छ ।
जेसी छत्रपती खनाल कमल नगर जेसीज स्थापना कालदेखीनै सक्रिय रुपमा जेसिजमा आवद्ध भएर विभिन्न जिम्मेवारी पुरागरि सक्नु भएको छ । आफ्नो जिम्मेवारी पुरागर्ने क्रममा २०१५ — २०१६ मा कोषाध्यक्ष, २०१७ मा साधारण सदस्य, २०१८ मा उपाध्यक्ष २०१९मा कार्यकारिणी उपाध्यक्ष र २०२० महासचिवको जिम्वेवारी पुरा गरिसक्नु भएको छ ।
जेसी विष्णुभक्त लामिछाने कमल नगर जेसीज स्थापना कालदेखीनै सक्रिय रुपमा जेसिजमा आवद्ध भएर विभिन्न जिम्मेवारी पुरागरि सक्नु भएको छ । आफ्नो जिम्मेवारी पुरागर्ने क्रममा २०१५ — २०१६ मा उपाध्यक्ष, २०१७ मा महासचिव, २०१८ मा कार्यकारिणी उपाध्यक्ष २०१९ मा मुल संयोज, र २०२० कोषवृद्धि संयोजक भएर आफ्नो जिम्वेवारी पुरा गरिसक्नु भएको छ ।
त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा जेसी देवराज भण्डारी, जेसी सन्तोष कडरिया, भिम अधिकारी र देवि प्रसाद दाहालको उम्मेद्वारी रहेको निर्वाचन समिती संयोजक केदार कटुवालले जानकारी दिनुभयो ।
उपाध्यक्ष पदकालागी चारजनाको उम्मेद्वारी रहेको छ जस अन्तरगत पेसी तिर्थ पौडेल, जेसी प्रविण खड्का,,जेसी नविन भण्डारी, जेसी रम्मादेवी पाठक तथा तालिम निर्देशकमा जेसी युवराज पाठक र जनसम्पर्क अधिकारीका लागी जेसी कमला दाहालको उम्मेद्वारी रहेको संयोजक कटुवालले बताउनुभयो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker