सामुदायिक वनका अध्यक्ष, उपाध्यक्ष नै तस्करीको आरोपमा पक्राउ

झापा, पुस २५ ÷ काठ तस्करीको आरोपमा झापामा एक सामुदायिक वनका अध्यक्ष र उपाध्यक्ष पक्राउ परेका छन् । झापाको शिवसताक्षी– ११ स्थित गैँडे सामुदायिक वनका अध्यक्ष अमृतबहादुर कार्की र उपाध्यक्ष नन्दप्रसाद राय पक्राउ परेका हुन्।

सबडिभिजन वन कार्यालय दमक र रतुवामाई वृक्षरोपण आयोजनाको संयुक्त टोलीले उनीहरूलाई शुक्रबार पक्राउ गरेको हो । उनीहरूले दुईवटा सालका ठूला रूख काटेको वन कार्यालयले जनाएको छ ।

गैँडे सामुदायिक वनको सिमानामा रहेको रतुवामाई वृक्षरोपणको वन क्षेत्रमा रूख काटेको आरोपमा पक्राउ गरिएको सबडिभिजन वन कार्यालय दमकले जनाएको छ । ३२१ क्युफिट काठसहित उनीहरूको पक्राउ परेका हुन् । दुईवटा रूखका २८ वटा टुनासहित उनीहरूलाई पक्राउ गरिएको सबडिभिजन वन कार्यालय दमकका प्रमुख एकराज दाहालले जानकारी दिए ।

‘काठ तस्करी भइरहेको सूचनाका आधारमा हामीले निगरानी बढाएका थियौँ । एउटा रूख जंगलमा गिँडेर राखेको अवस्थामा भेटियो । त्यही आधारमा खोज्दै आयौँ,’ उनले भने, ‘एउटा रूखको टुना सामुदायिक वनको कम्पाउन्डभित्र परालले छोपेर लुकाएको अवस्थामा फेला पार्‍यौँ । अध्यक्ष र उपाध्यक्ष त्यहीँ हुनुहुँदोरहेछ । त्यो भनेपछि त रंगेहात नै भन्नुपर्‍यो नि १’ पक्राउ परेका अध्यक्ष र उपाध्यक्षलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय भद्रपुर पठाइएको उनले बता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker