कमल गाउँपालिका कुष्ठरोगको उच्च जोखिमा

उमानाथ भण्डारी

कमल पुस २२ ÷ पछिल्लो समय झापामा कुष्ठ रोगीको संख्या बढ्न थालेसगै यसलाई रोगथामका र जिल्लालाई रोग मुक्त क्षेत्र वनाउनकालागी स्वस्थ्य कार्यलय झापाले स्थानियतह सँगको सहकार्यक्रमा अभिमुखीकरण कार्यक्रम तिब्रता दिएको छ ।
“कुष्ठरोगको विरामी, परिवार तथा छिमेकीको सम्पर्क परिक्षण तथा रोग विस्तारकालागी स्वस्थ्यकर्मी अभिमुखीकरण कार्यक्रम ” सञ्चालन गर्ने क्रममा स्वस्थ्य कार्यलय झापाले कमल गाउँपालिकाका स्वस्थ्यकर्मि र स्वस्थ्य चौकी सञ्चलन व्यवस्थापन समिती तथा महिला स्वयमसेवीकालाई छुट्टाछुट्टै तालिम प्रदान गरेको छ ।

This image has an empty alt attribute; its file name is o.jpg


पछिल्लो समय नेपालमा कुष्ठरोग प्रकोप तिव्ररुपमा बढेको छ । त्यसमा झापा जिल्ला देशको पहिलो नम्वरमा पर्छ भने कमल गाउँपालिकामा जिल्लाकै अग्रस्थानमा रहेको स्वस्थ्य कार्यलय झापाको भनाई छ । पछिल्लो समय बच्चामा समेत यो रोग देखिनुले रोगको संक्रमण दर अझ बढ्न सक्ने स्वस्थ्य कार्यलय झापाका फोकल पर्सन जिवन चौलागाईले बताउनु भयो ।

This image has an empty alt attribute; its file name is 2.jpg


पछिल्लो समय कमल गाउँपालिकामा नयाँ रोगीको फेला परे सगै यसले विकराल अवस्था निम्त्याउन सक्ने सम्भावना छ । हाल गाउँपालिकामा कुष्ठरोगी को संख्या ११ जना छ जसमा ८ जना विरामीले औषधी सेवन गर्दै हुनुहुन्छ भने ३ जना विरामीले औषधी सेवन पछि निको हुनुभएको कमल गाउँपालिका स्वस्थ्य शाखा प्रमुख बाबुरामा थुलुङ्गले जानकारी दिनुभयो ।
ठुलाठुला सडक , पुल र महल बनाउदैमा विकास हुदैन विकासकालागी जनतामा चेताना हुन आवश्यक छ । आज चेतनाको अभावका कारण कुष्ठ रागीले आफ्नो रोगको बारेमा खुलेर भन्न नसकेका कारण यस्तो आस्था श्रृजनाभएको हो । हामी कुष्ठ रोग बाट गाउँपालिकालाई मुक्त बनाउन लागी परेका छौ यसमा सबैको साथ सहयोग आवश्यक रहेको कमल गाउँपालिकामा उपाध्यक्ष बेनु सिवाकोटीले बताउनुभयो ।

This image has an empty alt attribute; its file name is de-1024x472.jpg


गाउँपालिकालाई कुष्ठ रोग मुक्त क्षेत्र बनाउनका लागी कार्यपालिका बैठकमा पनि पटक पटक कुरा उठेको छ । गाउँपालिका बाट यो रोग निमिट्यन्न बनाउन के गर्नु पर्छ योजना सहित आउन स्वस्थ्य शाखाका कर्मचारीलाई निर्देशन दिनुभयो । यसका साथै प्रत्येक नगरीकको घर आगनमा पुग्ने भनेको महिला स्वस्थ्य स्वयम सेविका भैएकोले वहाँहरुको महत्वपुर्ण भुमिका रहेकोले सक्रिय रुपमा लाग्न कमल गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत सुवास श्रेष्ठले अनुरोध दिनुभयो ।

This image has an empty alt attribute; its file name is fr-1024x472.jpg


कुष्ठरोग एक किसिमको सरुवा रोग हो । सुरुमा यो रोगले मानिसको शरिरको चिसो ठाउँमा ( कानको लोती, घुडा ,कुईनु )जस्ता भागमा असर गर्छ र विस्तारै सरिको अन्य भागमा फैलिन्छ । रोगले छाला र स्नायुमा असर गर्ने गर्दछ । यो रोगको व्याक्टेरीया रोगीमानिसको सम्पर्क बाट स्वस्थ्य मानिसमा प्रवेश गरेको २ देखी ५ वर्ष सम्ममा लक्षण देखा पर्दछ भने कसै कसैलाई ३० वर्ष सम्ममापनि लक्षण देखा पर्न सक्ने नेपाल कुष्ठरोग संगती झापा जिल्ला संयोजक पर्शुराम खरेलले जानकारी दिनुभयो ।

This image has an empty alt attribute; its file name is yu-1-1024x216.jpg


कुष्ठ रोगीलई शारिरीक, मानसीक र सामाजीक असर पर्ने भएकोले रोग भित्रभित्रै डढेलो जस्तै बढी रहेको छ । रोगी आफैमा अशक्त त्यसमा पनि समाजले हेर्ने फरक दृष्टिकोण का कारणले गर्दा आज यो अवस्था आएको हो । समयमा सम्वन्धित निकायले बिचार नपुर्याउने हो भने अझ विकराल रुप श्रृजना नहोला भन्न सकिन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker