सवारी दुर्घटना न्युनिकरणका लागी आयोजना द्वारा ट्राफिक प्रहरी पोष्ट केर्खालाई होडिङ्ग वोर्ड प्रदान

कमल , पुस १९ ÷ सडकमा खुल्ला छोडीएका चौपायाका कारण हुने सवारी दुर्घना र मानविय क्षतीको न्युनिकरण गर्न रतुवामाई वृक्षा रोपण आयोजनाले द्वारा ट्राफिक प्रहरी पोष्ट केर्खालाई होडिङ्ग वोर्ड प्रदान गरेको छ ।
सवारी दुर्घटनाका कारण हुने क्षतिको न्युनिकरण गर्न रतुवामाई वृक्षा रोपण आयोजना र ट्राफिक प्रहरी पोष्ट केर्खाको सहकार्यमा आईवार दुर्घटना हुने संभावित क्षेत्रमा सचेतना मुलक होडिङ्ग वोर्ड राखिएको छ ।

No posts found.
This image has an empty alt attribute; its file name is o09-1-1024x768.jpg


पुर्व पश्चिम सडक खण्ड अन्तरगत झापाको रतुवा खोला देखी माई नदी सम्मको क्षेत्रमा खुल्ला चरिचरणका कारण अत्याधिक सवारी दुर्घटना हुने र त्यसका कारण धनजनको बढी क्षति हुने गरेको छ ।
राजमार्ग उत्तर रहेको आयोजनामा क्षेत्रमा अनधिकृत रुपमा चरिचरणका लागी पशु ल्याउने जसका कारण बढी दुर्घटना हुने गरेको छ । यसबाट हुने क्षतीको न्युनिकरण गर्न आयोजनाको तर्फ बाट चेतना मुलक होडिङ्ग वोर्ड प्रदान गरिएको र यस बाट दुर्घटना न्युनिकरण हुने रतुवामाई वृक्षारोपण आयोजनाका प्रमुख खेमलाल विश्वकर्मा बताउनुहुन्छ ।

This image has an empty alt attribute; its file name is ko-1-1024x472.jpg


सचेनामुलक सन्देश सहितका होडिङ्ग वोर्ड प्रदान गरेका छौ । यो कार्यलयको तर्फ बाट गरिने सामाजिक उत्तर दाईत्व तर्फको काम हो । यसले अवश्यपनि दुर्घटना न्युनिकरण गर्नमा सहयोग पुग्छ भन्ने आयोजनाको तर्फ बाट विश्वास लिएका छौ । कतिपय होडिङ्ग वोर्ड सडकमा अलपत्र र वेवारिसे अवस्थामा छन् । हामिले प्रदान गरेका वोर्डमा त्या नहोस भनेर प्रत्यक दुई वर्षमा मर्मत सहित पुन देखन गर्नेगरी ट्रापिक प्रहरी संग सौझौता भएको समेत प्रमुख विकले जानकारी दिनुभयो ।
यस्ता होडिङ्ग वोर्डले चौपाया धनीलाई सचेत गराउन सहयोग पुग्ने यदी पशुका कारण दुर्घटना भएमा चौपाया धनी स्वयम जिम्वेवार हुने कानुनी प्रावधानले गर्दा क्षति न्युनिकरणहुने ट्राफिक प्रहरी भोजराज चौलागाईले बताउनुहुन्छ ।
अब छिट्टै सडकमा हुने दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरी पोष्ट केर्खाले ट्रिपर र ट्याक्टरमा रातको समयमा टल्किने स्टिकर (रिफफ्याक्टर) टाँस्ने ट्राफिक प्रहरी पोष्ट केर्खाका ईन्चार्ज प्रहरी हवल्दार रामचन्द्र बरालले जानकारी दिनुभयो ।
छाडा चौपाया सगै सडकमा दुर्घना निम्त्याउनमा ट्रिपर , ट्रयाक्टर, सिटी र अटो रिक्सा उत्तिकै जिम्वेवार भएकोले यस तर्फ पनि ट्राफिक प्रहरीको ध्यान जान आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker