आपतकालीन समय र माहामारीमा बालबालिकाको सिकाई सुनिश्चितता सम्बन्धि अन्तरकृया

उमानाथ भण्डारी

कमल , पुस १७÷विश्वमा नै चुनौती रुपमा रहेको कोभिड १९ ले शिक्षा क्षेत्रमा पारेको प्रभाव र सिकाईका क्षेत्रमा देखापरेका चुनौतीका विचमा पछिल्लो समय छलफल र बहस हुन थालेका छन् ।
कोभिड १९ का कारण विगत ९ महिना देखी बन्द भएका विद्यालय सामन्य रुपमा सन्चालनमा आएपनि नियमित पठन पाठन हुन सकेका छैनन् भने अविभावकले पनि ढुक्कका साथ आफ्ना नानीहरुलाई विद्यालय पठाउन सकेका छैनन् ।
“आपतकालीन समय र माहामारीमा बालबालिकाको सिकाई सुनिश्चितता” कसरि गर्न सकिन्छ भनेर शिक्षाकालागी राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वयसमिती झापाले झापाका भद्रपुर नगरपालिका, कन्काईन नगरपालिका, बुद्धशान्ति गाउँपालिका, गोरिगंज गाउँपालिकामा यस अघिनै कोभिड १९ ले विद्यालय तहमा पारेका प्रभाव र सिकाई सुनिश्चिततामा छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।
बुधवार झापाको कमल गाउँपालिकामा समेत कोभिड १९ र यसका कारणले बालबालिकाको सिकाइमा पारेको प्रभाव तथा सिकाईका क्षेत्रमा देखा परेका मुख्य मुद्धा र चुनौतीका विषयमा अन्तरकृया सम्पन्न भएको छ ।कार्यक्रममा जनप्रतिनिधी ,विध्यालय व्यवस्थापन समिती, अविभावक, शिक्षक,विध्यार्थि लगाएतको उपस्थिती रहेको थियो ।
यो विषम परिस्थितीका समयमा गाउँपालिकाको तर्फबाट शिक्षाको विकास तथा विध्यार्थिमा परेको नकारात्मक प्रभावलाई न्युनिकरण गर्दै बालबालिकाहरूको पढाइलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर गाउँपालिका लागी परेको कमल गाउँपालिकाका अध्यक्ष श्री मेनुका काफ्ले (पोख्रेल) ले बताउनु भयो ।

This image has an empty alt attribute; its file name is pppp-1024x472.jpg


कोभिड १९ले विश्वनै आक्रान्त पारिरहेका बेला नेपालमा पनि यसको ठुलो प्रभाव परेको छ । कोभिड १९ ले शिक्षाक्षेत्रमा ठुलो असर पुगेकोले अबका दिनमा शिक्षालाई कसरीमाथी उठाउने भन्ने बेलामा आयोजा गरिएको यो कार्यक्रमले थोरै भएपनि शिक्षण सिकाईमा सहयोग पुग्ने कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सुर्यप्रसाद न्यौपाने बताउनुभयो ।
आपतकालीन समय र माहामारीमा बालबालिकाको सिकाई सुनिश्चितता गर्नका लागी नेपाल सरकारले जारी गरेको वैकल्पिक सिकाई सहजीकरण निर्देशिका २०७७ र विद्यार्थि सिकाई सहजी करण निर्देशिका २०७७ अनुसार विद्यालय सञ्चालन हुन सकेनन् यस्तो अवस्थामा विद्यालय संञ्चालन कार्यढाँचा २०७७ अनुसार स्थानियतहले गरेको निर्णय अनुसार हाल विद्यालय सञ्चालन हुदैछन् तर यो पनि पर्याप्त नभएको कमला मदन आश्रीत स्मृती माध्यमिक विद्यालयका प्रध्यानाध्यापक तथा शिक्षक महासंघ कमल गाउँपालिकाका अध्यक्ष हिमप्रसाद दाहाल बताउनुभयो ।
शिक्षाको क्षेत्रमा गर्न नसका कामहरु धेरै छन् ति काम हामि आफैले गरेमा विध्यालयको शिक्षण सिकाई प्रभावकारी हुँदो रहेछ भन्ने कुराको जानकारी दिनकालागी यो कार्यक्रम गरिएको हो । हामिले झापाका केहि स्थानियतहमा कार्यक्रम सञ्चालन गरि सकेका छौ । स्थानियतहका जनप्रतिनिधीका साथमा विद्यालय सन्चालक ,शिक्षक विध्यार्थि संग धेरै कार्यक्रम गर्यौ जसले विध्यालयको शिक्षणशिकाईमा परिवर्तन आएको छ भने कतै कार्यक्रमले कुनै प्रभाव नपारेको शिक्षाका लागी राष्ट्रिय अभियान नेपाल झापाका कार्यक्रम सहसंयोजक सुरेस बहादुर पौडेलले बताउनु भयो ।

This image has an empty alt attribute; its file name is hng-1024x472.jpg


शिक्षाक्षेत्र अस्तव्यस्त भएको छ , अहिले सम्म नियमित पठनपाठन हुन सकेको छैन विध्यार्थिपनि अन्योलमा भएको बेला यस्तो अवस्थामा शिक्षा क्षेत्रमा देखापरेका समस्यालाई आगामी दिनमा सहज बनाउन यस्ता कार्यक्रमले सहयोग पुग्नुका साथै सरकाले पनि बालबालीका मैत्री शिक्षा निती ल्याउनमा सहयोग पुग्ने कमल वाल सञ्जालकी अध्यक्ष पृतिका सुवेदीले बताउनु भयो ।
कोभिड १९ले शिक्षा क्षेत्रमा प्रभाव पारे सँगै केहि अवसरपनि छोडेर गएको छ । जस अन्तरगत अवरुद्ध पठनपाठन सञ्चालन गर्ने सन्दर्भमा होम स्कुलिङ्गको अवधारणको विकास भएको छ भने विध्यार्थिमा स्वअध्यायन, रेडियो कक्षा, टिभि सञ्चालित कक्षा, अनलाईन कक्षा , त्यावटप, प्रोजेक्टर, पेनड्राईभ जस्ता माध्यम प्रयोग गर्नाले विध्यार्थिमा प्राविधिक ज्ञानको समेत विकास भएको छ ।
कार्यक्रममा कमल गाउँपालिका वडा नम्वर २ का वडाध्यक्ष श्री तारानाथ न्यौपाने, शहिद धर्मभक्त माध्यमिक विध्यालयका विध्यालय व्यवस्थपन समिती अध्यक्ष चक्र गुरुङ,शिक्षक अविभावक सघका अध्यक्ष लेखनाथ खतिवडा, पध्यानापक रुकमान लिम्बू र टङ्क गजुरेल लगायतले आफ्नो भनाई राख्नु भएको थियो ।
कार्यक्रमलाई संस्थाका सल्लाहकार सदस्य उमानाथ ढकाल र शिक्षक तिलक गजमेरले सञ्चालन गर्नुभएको थियो भने स्वागत मन्तव्य निशा गौतमले राख्नु भएको थियो ।
वास प्लान हस्तान्तरण
कमल गाउँपालिकाका जनतालाई शुद्ध खानेपानी उपलब्ध गाराउने उद्येश्यले कार्यदल द्वारा तयार पारेको खानेपानी सरसफाई तथा स्वच्छता योजना २०७७ को योजना पत्र अनुमोदनगरी कार्यन्वयनकालागी खानेपानी सरसफाई तथा स्वच्छता योजना २०७७ (वास) फोकल पर्सन इन्द्रप्रसाद अर्यालले कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्ले लाई हस्तान्तरण गर्नुभएको कार्यक्रम अधिकृत अर्जुन कुमार पाठकले जानकारी दिनुभयो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker