अग्निपीडितको परिवारलाई अमेरिका बस्ने नेपालीबाट आर्थिक सहयोग प्राप्त

कमल , मंसिर २८÷ गत कार्तिक ३० गते राति आगलागीका कारण पिडित परियार परिवार लाई अमेरिका बस्ने नेपालीबाट आर्थिक सहयोग प्राप्त भएको छ ।
झापाको कमल गाउाँपलिका वडा नम्वर २ थापा गाउँका रामबहादुर परियारको परिवारलाई अमेरिका बस्ने नेपालीबाट आर्थिक सहयोग स्वरुप १ लाख ४० हजार ४ सय ४० रुपैया सहयोग प्राप्त भएको हो ।
परियारको घरमा आगलागी भई घर जलेर नष्ट हुनुका साथै ७ वर्षीय छोरीको मृत्यु भएको थियो ।
अमेरिकाको अस्टिन, टेक्सासमा बस्ने हरिप्रसाद पराजुली, यज्ञराज न्यौपाने, विदुर खतिवडा, माधव खतिवडा, तुलसी दुलाल, बाल न्यौपाने, भोजराज भट्ट, अनिल दुलाल र गेहेन्द्र केसीले उक्त रकम सहयोग गर्नुभएको र सो रकम महेन्द्र रत्न माध्यमिक विध्यालयका शिक्षक हिमालय कोइराला मार्फत परियार परिवारलाई प्रदान गरिएको शिक्षक विजय कुमार अधिकारीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker