मन्त्री कार्की द्वारा ः लालपैनी खोलाको पुल शिलान्यास

कमल , मंसिर १६÷ १ नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले वर्षै देखी खोलामा आएको बाढीका कारण वारीपारी गर्न बाट बन्चित स्थानिय वासिलाई सहज हुने बताउनु भएको छ ।
सो कुरा गौरादह नगरपालिका वडा नं. १ सितापुरी चोकबाट करिब १ किलोमिटर पूर्वमा लालपैनी खोलाको पुल शिलान्यास पछि आफ्नो मन्तव्यका क्रममा मन्त्री कार्किले बताउनु भएको हो ।
पुल निर्माण पछि बर्षौ देखि समस्या भोग्दै आएका देवीचौन र सितापुरीका स्थानिय वासिलाई लाई पुलले जोड्नुका साथै उक्त क्षेत्रका वासिन्दाहरूलाई ठुलो सुविधा पुग्ने मन्त्री कार्किले बताउनु भयो ।

This image has an empty alt attribute; its file name is kuy-1024x768.jpeg


पुल निर्माणको लागि प्रदेश नं. १ प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फ निमाण हुन लागेको पुलको लागत रकम ५ करोड १४ लाख ७९ हजार ४८० रूपैयाँ रहेको छ । उक्त पुलको निर्माण कार्य आगामी २०७९ साल असार २० गतेसम्ममा पूरा गरिसक्नुपर्ने गरी सम्झौता भएको भौतिक पूर्वाधार विकास कार्यालय झापाका प्रमुख रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
पुल शिल्यान्यास कार्यक्रममा पूर्व संविधान सभा सदस्य दीपक कार्कीको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्ले र उपाध्यक्ष वेनुप्रसाद शिवाकोटी, गौरादह नगरपालिकाका उपप्रमुख गीता भेट्वाल, कमल गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष केदार कट्वाल, २ का वडा अध्यक्ष तारानाथ न्यौपाने, तोपगाछी धरमपुर मैत्री समाजका अध्यक्ष यज्ञराज न्यौपाने लगायतको उपस्थित रहेको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker