जागरुक कृषि सहकारीकोे ५ औं वार्षिक साधारण सभा सम्पन्न
अध्यक्षमा पुन ः घिमीरे

कमल , मंसिर २५÷ कमल गाउँपालिका वडा नम्वर ३ स्थित जागरुक कृषि सहकारी सस्थाले लिमीटेडले आफ्नो ५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सहकारीले बचत र कर्जा लगानी मात्र गरेर हुँदैन आफ्नो उद्येश्य अनुरुप काम गर्न आवश्यक छ । सदस्यलाई व्यासायीक बनाउन आवश्यक रहेकोले अवका दिनमा सरहकारीले त्यसतर्फ ध्यान दिन आवश्यक रहेको प्रमुख अतिथी कमल गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष नरप्रसाद दंगालले बताउनुभयो । गाउँपालिकाले कृषि क्षेत्रको प्रवद्र्धनकालागी बजेट विनियोजन गरेको छ । त्यो रकम कृषिक सम्म पुर्याएर कृषि उत्पादनको वृद्धिकालागी सरकारीले भुमिका खेल्नुपर्ने दंगालले बताउनुभयो ।

कृष उत्पानमा वृद्धि नभए सम्म जनताको आर्थिक विकासमा परिवर्तन सम्भव छैन । कृषि विकासकालागी गाउँपालिकाले विनियोजन गरेको रकम कृषक सम्म पुर्याउने जिम्मा सहकारीको हो । सबै सदस्यलाई यस्तोकुराको जानकारी हुदैन त्यसैले यस विषयमा सहकारीका सन्चालकले पुलको काम गरेर अगाडी बढ्न आवश्यक रहेको विषेश अतिथी तथा कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सुर्य प्रसाद न्यौपानेले बताउनुभयो ।

कोभिड १९ जस्तो विषम परिस्थितीमा पनि सहकारीले राम्रो प्रगती गरेको भएपनि अझ सदस्यको आवश्यकता अनुसार कार्यक्रम बनाएर अगाडी बढेमात्र सहकारीलाई फाईदा हुने अतिथी तथा शहिद धर्मधक्त माध्यमिक विध्यालयका शिक्षक मधुसुधन अधिकारीले बताउनु भयो ।

२०७१ सालमा स्थापना भएको सहकारीले ५ औं वार्षिक साधारण सभा सम्म आईपुग्दा शेयर पुँजी २५ लाख ४८ हजार ४ सय रुपैया पुर्याएको छ । त्यसैगरी निक्षेप तर्फ ६७ लाख ६ हजार ६सय २४ रुपैया, लगानी तर्फ ७५ लाख ७६ हजार २ सय ९५ रुपैया कुल आम्दानी तर्फ १५ लाख ७८ हजार ३ सय ३८ रुपैया र विभिन्न कोषको रकम ६ लाख ९७ हजार ८ सय ६९ रुपैया रहेको अध्यक्ष द्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सस्थाका अध्यक्ष कमल घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा सचिव पुस्कर नेपालले शाब्दिक शब्द द्वारा स्वगत गर्नु भएको थियोभने विवश वलिभद्र कोईरालाले सन्चालन गर्नु भएको थियो ।

आगामी कार्यकालका लागी अध्यक्षमा पुन ः घिमिरे
जागरुक कृषि सहकारी सस्था लिमीटेडको आगामी चार वर्षे कार्यकालकालागी अध्यक्षमा पुन कमल घिमिरे सर्ब सम्मत निर्वाचित हुनुभएको छ ।
त्यसैगरी समितीको उपाध्यक्षमा गोपाल खनाल ,सचिवमा पुस्कर नेपाल सदस्यमा दुर्गाप्रसाद कोईराला ,पदम विक्रम थेवे, नरेन्द्र बहादुर थापा, रमेश भट्टराई, पवित्रा सुवेदी,सावित्रा पौडेल सर्व सम्मत निर्वाचित हुनुभएको निर्वाचन समिती संयोजक सुर्यप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
त्यसैगरी सस्थाको लेखा समिती संयोजकमा महेन्द्र अर्जेल तथा सदस्यमा भुपेन्द्र खनाल र लक्ष्मि लुईटेल( खड्का) निर्वाचित हुनुभएको न्यौपानेले बताउनुभयो ।