लैंगिक तथा यौनजन्य हिंसाका कारण बिद्यार्थीमा पर्ने प्रभाव र राज्यको भुमिका विषयक बत्तृmत्वकला प्रतियोगीतामा झापाका आयुष्मा द्वतिय र रन्जना सान्त्वना

उमानाथ भण्डारी

No posts found.

कमल , मंसिर २०÷ लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा सन्चालीत बत्तृmत्वकला प्रतियोगीतामा झापाकी आयुष्मा सोडारी द्वतिय र रन्जना बस्नेत सान्त्वना हुनुभएको छ ।
“लैंगिक तथा यौनजन्य हिंसाका कारण बिद्यार्थीमा पर्ने प्रभाव र राज्यको भुमिका” विषयमा आदर्श नारी विकास केन्द्र र आर्दश गृह नेपाल चितवनले संयुक्त रुपमा आयोजना गरेको राष्ट्रिय बत्तृmत्वकला प्रतियोगीतामा झापाको कमल गाउँपालिका वडा नम्वर ४ स्थित सरस्वती माध्यमिक यिध्यालय कक्षा ९ मा अध्यायनरत छात्रा आयुष्मा सोडारी द्वतिय हुनुभएको छ भने झापाकै कमल गाउँपालिका ५ स्थित मंगलमय माध्यमिक विध्यालय कक्षा ९ मा अध्यायनरत छात्रा रन्जना बस्नेतले सान्त्वना पुरस्कार प्राप्त गर्नु भएको छ ।

This image has an empty alt attribute; its file name is mm.jpg
सान्त्वना रन्जना बस्नेत


प्रतियोगितामा नेपाल सरकारको उत्कृष्ठ सुचिमा रहेका ७ वटै प्रदेशका करिब ४० वटा विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्यायनरत विध्यार्थि मध्ये उकृष्ट विध्यार्थिलाई सहभागीताकोलागी निमन्त्रणा गरेपनि प्रविधिक समस्याका कारण २२ जना विध्यार्थि मात्र सहभागी रहनु भएको र सहभागी विध्यार्थिले जुमको माध्यम बाट आ आफ्नो प्रतिभा प्रस्तुत गर्नु भएको आयोजकले जनाएको छ ।
सहभागी विध्यार्थि मध्ये तनहुँ स्थित सत्यज्योती माध्यमिक यिध्यालय कक्षा ९ मा अध्यायनरत छात्र गौरव साकोटा प्रथम , चितवन स्थित नारायणी नमुना माध्यमिक यिध्यालय कक्षा ९ मा अध्यायनरत छात्रा शुभेक्षा लामा तृतिय हुनुभएको आदर्श नारी विकास केन्द्रकी अधिकृत तथा कार्यक्रम संयोजक सरिता पौडेलले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम द्वतिय,तृतिय र सान्त्वनाहुने विध्यार्थि लाई क्रमस प्रथम १० हजार, ७ हजार , ५ हजार र ३ हजार नगद बाट पुरस्कृत गरिएको छ । पुरस्कृत रकम एक हप्ता भित्र विध्यालयको खतामा आईपुग्ने संयोजक पौडेलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker