कमल गाउँपालिकामा सक्रिय संक्रमित मध्ये निकोहुनेको संख्या बढी

उमानाथ भण्डारी

No posts found.

कमल , मंसिर १४÷ कमल गाउँपालिकामा कोभिड १९ का सक्रिय संक्रमित मध्ये निकोहुनेको संख्या बढी रहेको छ ।
गाउँपालिकाले कोभिड १९ को सक्रमण भए नभएको पुष्टि गर्न विभिन्न समयमा गरेको पि.सि.आर. परिक्षणमा देखिएका १ सय ८८ जना र अन्य पालिका बाट पि.सि.आर. परिक्षण गराएका ६ जनागरी जम्मा १ सय ९४ जना सक्रिय संक्रमित मध्ये १ सय ३२ जना निको भई घर फर्कि सक्नु भएको र ५० जना संक्रमितको होम आईसोलेसनमा उपचाररत रहनु भएको कमल गाउँपालिका कोभिड व्यवस्थापन समितीका फोकल पर्सन ईन्द्र प्रसाद अर्यालले बताउनु भयो
गाउँपालिकाले यो समाचार तयार पार्दा सम्म पुरुष तर्फ १ हजार ६९ जना र महिला तर्फ ४ सय ७८ तथा अन्य पालिकामा पुरुष ४ र महिला २ गरी जम्मा १ हजार ५ सय ५३ जनाको पि.सि.आर. परिक्षण गरेको फोकल पर्सन अर्यालले बताउनु भयो ।
पिरिआर परिक्षण गरिएका मध्ये पुरुष तर्फ १ सय ३२ र महिला तर्फ ६२ जना सक्रिय संक्रमित मध्ये ५ जना पुरुष र १ जना महिलाको मृत्यु भएको कमल गाउँपालिका स्वस्थ्य शाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker