अग्नि पीडित परियार परिवारलाई आर्थिक सहयोग जुट्ने क्रमजारी

कमल, मंसिर ७÷कमल गाउँपालिका २ का अग्नि पीडित परियार परिवारलाई आर्थिक सहयोग जुट्ने क्रमजारी छ ।
यसैक्रममा आईतवार अमेरिकाको (टेक्सास) मा बस्दै आउनुभएकी हेमाश्री पौडेल (मञ्जु) बाट १५ हजार रुपैया आर्थिक सहयोग प्राप्त भएको छ ।
आफु अमेरेकीमा बसेपनि नेपालका विभिन्न ठाउँमा दीनदुःखीहरूलाई सहयोग गर्दै आउनुभएकी पौडेलले लक्ष्मि पुजा गर्नेक्रममा आगलागीहुदा पिडित बनेका रामबहादुर परियारको परिवारलाई आर्थिक सहयोग गर्नुभएको हो ।

This image has an empty alt attribute; its file name is manju.jpg
हेमाश्री पौडेल


आर्थिक अवस्था कमजोर भएका रामबहादुरको घरमा गत कार्तिक ३० गते राति आगलागी हुँदा ७ वर्षीय छोरी निरुता परियारको ज्यान गएको थियो भने सम्पूर्ण धनमाल समेत जलेर नष्ट भएको थियो ।
समाज सेवामा रुचि राख्ने हेमाश्री पौडेलको माइती घर कमल गाउँपालिका वडा नं. २, ज्योतिनगर हो । उहाँले नेपालका विभिन्न ठाउँका दुःख पाएका ६ जना बालबालिकाहरूको पढाइको लागि सम्पूर्ण खर्च समेत उपलब्ध गाराउदै आउनुभएको स्थानिय विजयकुमार अधिकारीले जानकारी दिनुभयो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker