आगलागी पिडित परियार परिवारलाई राहात सामाग्री प्रदान

कमल , मंसिर ३÷ आगलागीका कारण वेसाहारा बनेका कमल गाउँपालिका २ का परियार परिवारलाई राहात सामाग्री प्रदान गरिएको छ ।
स्थानिय महेन्द्र रत्न माध्यमिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूको तर्फबाट मंगलवार सहयोग स्वरूप लत्ताकपडा र खाना बनाउनका लागी आवश्यक भाँडाबर्तन लगायतका राहत सामग्री उपलब्ध गराइएको विद्यालयका शिक्षक विजय कुमार अधिकारीले जानकारी दिनुभयो ।

This image has an empty alt attribute; its file name is Niruta.jpg
मृतक ः निरुता परियार


झापाको कमल गाउँपालिका वडा नम्वर २ निवासि राम बहादुर परियारको घरमा कात्तिक ३० गते बेलुकी ९ बजे आगलागी हुँदा वहाँकी ७ वर्षिय छोरी निरुता परियारको मृत्यु हुनुका साथै घरमा भएको सबै सम्पति नष्ट भएको थियो । निरुता सोहि विद्यालयमा कक्षा केजीमा अध्यायनरत विद्यार्थि हुन् ।

This image has an empty alt attribute; its file name is u8.jpg


आगलागकिा कारण सबै सम्पतिका साथै छोरी गुमाउनु पर्दा मृतककी आमा गिता परिया अचेत अवस्थामा हुनुहुन्छ । लक्ष्मिपुजा गर्ने क्रममा बालेको दियोका कारण आगलागी हुँदा आफ्नी ७ वर्षिय छोरि का सागै सबै सम्पति जलेर नष्ट भएको राम बहादुर परियारले जानकारी दिनुभयो ।
आगलागिका कारण घरमा भएको सबै सम्पति नष्ट भएको छ । यसका साथै भाईटिका लगत्तै विदेश उड्नका लागी जोहो गरेको १ लाख भैसि किन्न ठिक पारेको ४० हजार रुपैया लगायत ९ लाख भन्दा बढी रुपैयाको क्षति भएको परियार बताउनु हुन्छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker