सिसि क्यामरा जडान पछि अपराधि पत्ता लगाउन सहज

उमानाथ भण्डारी

कमल,कात्तिक २७÷ चाडपर्व नजिकिदै जाँदा हुर्न सक्ने अपराधिक घटना र सडकमा दैनिकजसो हुने सवारी दुर्घटना न्युनिकरणकालागी कमल गाउँपालिका वडा नम्वर ३ केर्खा बजारमा सिसि क्यामरा जडान गरिएको छ ।
चाडपर्वका समय बजारमा भिडभाड भएको मौका छोपि विभिन्न खाले अपराधिक घटना हुने र सोहि समयमा सवारीको चाप समेत बढीहुने भएका कारण दुर्घटनाहुने गरेकोले त्यसको न्युनिकरणकालागी सिसि क्यामरा जडान गरिएको गाउँपालिकाले जनाएको छ ।

This image has an empty alt attribute; its file name is 89-1024x472.jpg


गाउँपालिको प्रमुख बजारका रुपमा रहेको केर्खा बजारमा विभिन्न खाले अपराधिक घटना हुने अर्कोतर्फ मुख्य राजमार्ग सँग जोडिएकोले सवारी दुर्घटना समेत अत्याधिक हुने गरेकोले त्यसको न्युनिकरण गर्नकालागी वडा कार्यलय को ३ लाख र गाउँपालिकाको १ लाख ४५ हजार गरी जम्मा ४ लाख ४५ हजार रुपैयामा ४ वटा सिसि क्यामर जडान गरिएको कमल गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष नरप्रसाद दंगालले जानकारी दिनुभयो ।

This image has an empty alt attribute; its file name is 97-1024x472.jpg


गाउँपालिकाले सिसि क्यामरा जडान गरेपछि हामिलाई ड्युटी गर्न धेरै सहज भएको छ । विषेश गरेर रातको समयमा हुने विभिन्न अपराधिक घटना न्युनिकरण भएका छन् । अर्को तर्फ सवारी दुर्घटनामा कस्ले गल्ति गरेको हो सत्यतथ्य पत्ता लगाई दोसिलाई कार्वाहि गर्न सहज भएको प्रहरी चौकि केर्खाका प्रहरी सहायक निरिक्षक राजेश कुमार श्रेष्ठले बताउनुभयो ।
क्यामरा जडान पछि आधा दर्जन भन्दा वढी घटनाको दोसी पत्ता लगाई कार्वाहि गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker