पुर्वनेपालको २० औं वार्षिक साधारणसभा सम्पन्न

उमानाथ भण्डारी

कमल ÷ ३, कात्तिक, झापाको कमल गाउँपालिका वडा नम्वर २ स्थित पुर्वनेपाल वहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आज आफ्नो २० औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
“मर्यादित श्रम र पर्यटनका लागि सहकारी” भन्ने नाराका साथ साधारणसभामा सम्पन्न भएको हो ।

This image has an empty alt attribute; its file name is 90-1-1024x472.jpg


कमल गाउँपालिका भित्र रहेका सहकारीहरु मिलेर अब कृषिलाई अगाडी बडाउनु पर्ने बेला आएको छ । गाउँपालिकाको अर्थतन्त्रलाई टेवा पुर्याउने भनेकै कृषि हो । गाउँपालिकाले पनि एक सहकारी एक उत्पादनको निती ल्याएकोले यसमा सहयोग पुर्याउन सहकारीले सहयोग गर्नुपर्ने कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो

This image has an empty alt attribute; its file name is yu-1024x472.jpg


सस्थाले सदस्यको आवश्यकतालाई पैचानगरी व्यवसायकि कृषिको क्षेत्रमा कार्य प्रारम्भ गरिसकेको छ भने । व्यवसायकि क्षेत्रलाई अगाडी बढाउन बहुउदेश्यीय कृषि फर्म, अन्तरसस्था कृषि उद्योग केन्द्र, पाथिभरा एग्रो टुरीजम लगायतका सस्थामा समेत शेयर लगानी समेत गरेको अध्यक्ष पे्रम सापकोटाले जानकारी दिनुभयो ।


यसका साथै यस्तो विषम परिस्थितीमा पनि सहकारीले शाखागत साधारणसभा सम्पन्न गरिसकेको र औपचारीता दिनकालागी सहकारीले आयोजना गरेको साधारणसभाको निमन्त्रणलाई स्वकार गरी उपस्थित हुनुभएकोमा अतिथी लगायत सम्पुर्ण प्रतिनिधीलाई अध्यक्ष सापकोटाले धन्यवाद दिनुभयो ।
२०५७ सालमा ३४ जना सदस्य बाट ३७ हजार ४०० शेयर पुँजी संकलनगरी कारोवार सुरुगरेको सस्थाले २० औ वर्ष पुरागर्दा सदस्य संख्या १० हजार १६४ जाना र शेयर पुँजी १२ करोड ४३ लाख ४१ हजार ७०० रुपैया तथा विभिन्न कोष गरी कुल पुँजी २५ करोड ८९ लाख १३ हजार ६१५ रुपैया छ भने यसस्थाले यस आर्थिक वर्षमा ४ करोड ४६ लाख ७२ हजार ६८४ रुयैया खुद मुनाफा गरेकोे व्यवस्थापक चन्द्रकला ढकालले जानकारी दिनुभयो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker