कमलका कृषकलाई ५० प्रतिशत अनुदानमा विउ आलु वितरण

कमल , १६ कात्तिक ÷आईपिएम आलु ब्लक संचालन समिती कमल २ ले आज एक कार्यक्रमका विच विउ आलु वितरण गरेको छ ।
आईपिएम प्रविधि अपनाउँ, दिगो कृषिमा टेवा पुर्याउँ भन्ने नाराका साथ सस्थामा आवद्ध सदस्यलाई पचास प्रतिशत अनुदानमा विउ आलु प्राङ्गरिक मल, तथा टाईकोड्रमा वितरण गरेको समितीले जनाएको छ ।
कृषि ज्ञान केन्द्र झापाको सहयोग , कमल गाउँपालिकाको समन्वय र आईपिएम आलु ब्लक संचालन समितीको व्यवस्थापनमा ३ सय २० जना कृषकलाई विउ आलु तथा प्राङ्गरिक मल वितरण गरिएको समितीका अध्यक्ष याम बहादुर राईले बताउनुभयो ।


हिजो एउटा वाडमा सिमीत आलु पकेट क्षेत्र आज गाउँपलिकाको ६ वटा वडामा आलुको ब्लक विस्तार भएको छ । हिजो कृषकले उत्पालन गरेको आलु विक्रि हुदैन थियो आज खेत बाटै विक्रि हुन थालेकोमा आफुलाई खुशीलागेको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो ।
गाउँपालिकामा रहेका विभिन्न सहकारीले आफ्नो उद्येश्य अनुरुप काम गरेका छैनन् तर यस समितीले आफ्नो उद्येश्य अनुरुप नै कृषको हितमा काम गरेको छ । गाउँपालिकाको निती अनुसार एक वाड एक उत्पादनमा समेत यस कार्यक्रमले सहयोग पुगेको अध्यक्ष काफ्लेले बताउनु भयो । समितीका उपाध्यक्ष टंक कट्टेलले सन्चालन गरेको कार्यक्रममा सदस्य दुर्गा पराजुलीले स्वगत मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker