एक करोड १५ लाख बैंकिङ्ग कसूर मुद्दाका फरार सुरङ्गाका प्रसाईं प्रहरी फन्दामा

झापा । झापाको कनकाई नगरपालिका वडा नं। ३ सुरुङ्गाका ५५ वर्षीय राजेन्द्रप्रसाद प्रसाईलाई आज झापा प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत बिराटनगरको इलाम इजलाशबाट बैंकिङ कसुर ठहरेर एक करोड १५ लाख रुपैयाँ बिगोसहित दुई महिना जेल सजाय सुनाइएका प्रसाईं एक वर्ष पहिलेदेखि फरार थिए । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी राकेश थापाले दिएको जानकारी अनुसार भगवति ढुङ्गेलको जाहेरीले बादी नेपाल सरकार प्रतिवादी प्रसाईं रहेको एउटा मुद्धाको फैसला गत पौष १४ गते भएको थियो । बैंकिङ्ग कसूर उक्त मुद्दामा उच्च अदालत बिराटनगरको इलाम इजलाशले प्रसाईलाई एक महिना कैद र २५ लाख रुपैयाँ बिगोसहित दुवै सजाय सुनाएको थियो ।
यसरी नै निज प्रतिवादीकै नाममा सुरेन्द्रकुमार उप्रेतीको जाहेरीले प्रसाईलाई बैंङ्किङ्ग कसूर मुद्दामा पुष २१ गतेको फैसला बमोजिम एक महिना कैद र ९० लाख रुपैयाँ बिगोसहित दुवै सजाय ठहर गरेको थियो । फैसला भएको मितिदेखि निज प्रतिवादी प्रसाई हालसम्म फरार रहेकोमा आज जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा सुरुङ्गाबाट पक्राउ गरेको डिएसपी थापाले बताएका छन् ।
हाल दशैं विदाका कारण जिल्ला अदालत बन्द रहेकोले विदा पश्चात संचालन भएको बखत निज प्रतिवादीलाई अदालतमा उपस्थित गराउने सूचना अधिकारी थापाले जनाएका छन् ।साझामञ्चडटकाम बाट