मेयर शेर्माद्वारा ऐतिहासिक हनुमान मन्दिरको उद्घाटन

उमानाथ भण्डारी
कमल, ३ कात्तिक÷शिवसताक्षी नगरपालिका वडा नम्वर ६ शिवगंगमा रहेको ऐतिहासिक हनुमान मन्दिरको आज एक कार्यक्रमका विच शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्माले उद्घाटन गर्नुभएको छ ।
विक्रम सम्वत् २०३२ सालमा निर्माण भएको ऐतिहासिक हनुमान मन्दिर २०७२ साल बैशाख १२ गते आएको महाभुकम्पका कारण क्षतिग्रस्त भएको मन्दिरको पुन निर्माणको काम सम्पन्न भएपछि आज एक कार्यक्रमका बिच नगर प्रमुख शेर्माले उद्घाटन गर्नु भएको हो ।

मन्दिर निर्माणकालागी नगरपालिकाको ८ लाख वडा नम्वर ६ बाट ५० हजार , दाताबाट संकलन भएको १० लाख ७५ हजार ८९५ ,अक्षयकोष दाता पुन्य प्रसाद ढकाल बाट १ लाख र अन्य विभिन्न क्षेत्रबाट ३० हजार ४ सय गरी जम्मा २० लाख ५६ हजार २९६ रुपैया प्राप्तभएको रकम मध्ये मन्दिर निर्माणमा १४ लाख ८८ हजार ५९ रुपैया खर्च भएको र बाकि ५ लाख ६८ हजार २३६ रुपैया बचत रहेको र सोहि रकमको व्याज बाट मन्दिरमा दैनिक पुजागर्नका लागी खर्च गरिने मन्दिर व्यवस्थापन समितकिा अध्यक्ष रामचन्द्र सिटोलाले जानकारी दिनुभयो ।

नगरपालिकाकै ऐतिहासिक र पुरानो मन्दिर भएकाले यसको ठुलो महत्व छ । मन्दिर निर्माणमा नगरपालिकाका साथै विभिन्न चन्दा दाता र स्थानिय व्यावसायिको आर्थिक सहयोगमा मन्दिर निर्माणको काम सम्पन्न भएको शिवसताक्षी उद्योघ वाणिज्य संधका अध्यक्ष भोला मैनाली ले बताउनु भयो ।

यो ऐतिहासिक मन्दिर २०७२ सालको भुकम्प बाट क्षति भएको थियो त्यसको निर्माणको लागी नगरले ८ लाख रुपैया सहयोग गरेपनि यति रकमले मात्र यो मन्दिरको निर्माण सम्भव थिएन । चन्दादाता र स्थानिय व्यासायीको सहयोगले मात्र मन्दिर निर्माणको कार्य सम्पन्न भएकोमा शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्माले सबेलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा मन्दिरमा हनुमानको मुर्तिदाता चाननमल मित्तल, अक्षयकोष दाता पुन्य प्रसाद ढकाल र अन्जनी अग्रवाललाई सम्मान गरिएको सचिव कमल कन्दङ्गवाले जानकारी दिनुभयो ।
कार्यक्रममा शिवसताक्षि नगरपालिकाका उपमेर भोजकुमारी नेपाल, समाजसेवी राधाकृष्ण खनाल , शिक्षक, संघ सस्थाका प्रतिनिधी स्थानिय व्यवसायी लगायतको उपस्थिती रहेको थियो ।