कमल गाउँपालिका लाई मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र मार्फत प्रहरी भ्यान र वरुणयन्त्र प्राप्त

उमानाथ भण्डारी

कमल , ३० असोज । झापाको कमल गाउँपालिका लाई मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र सञ्चालन मार्फत प्रहरी भ्यान र वरुणयन्त्र प्राप्त भएको छ ।
१ नम्बर प्रदेश सरकारले ११ वटा स्थानीय पालिकालाई प्रहरी भ्यान र वरुणयन्त्र हस्तान्त्रण गर्ने क्रममा झापाको कमल गाउँपालिका छनौटमा परेको हो ।

This image has an empty alt attribute; its file name is azs-1024x472.jpg


१ नम्वर प्रदेश सरकारले विहिवार एक कार्यक्रमका बिच पाँच करोड ६७ लाख २० हजार लागतमा खरिद गरिएको ११ वटा वारुण यन्त्र र ६ करोड २८ लाख २७ हजार ४६० रुपैयाँ खरिद गरिएका प्रहरी भ्यान को चावि स्थानीय पालिकाका प्रमुख तथा प्रतिनिधिलाइ मुख्यमन्त्री शेरधन राईले हस्तान्तरण गर्नुभएको थियो ।

This image has an empty alt attribute; its file name is r56-1024x472.jpg


प्रदेश सरकारले प्रदेशका १४ जिल्लाका एक–एक वटा स्थानीय पालिकामा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र सञ्चालन गरेको छ । सो केन्द्रका लागि एक थान वारुण यन्त्र र एक थान प्रहरी भ्यान हस्तान्तरण भएको मुख्यमन्त्री कार्यलयले जनाएको छ । यसका साथै मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रका लागि एम्बुलेन्स पनि हस्तान्तरण गर्ने प्रदेश सरकारको तयारी छ ।
१४ वटै जिल्लामा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र सञ्चालन गर्ने प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो ।
मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र एकीकृत शान्ति सुरक्षा, विपद र स्वास्थ सेवा सञ्चालन गर्ने उद्देश्यका सञ्चालन भएको मन्त्री कार्किले बताउनुभयो ।

केन्द्र रहेको पालिकाको प्रमुखको अध्यक्षतामा सेवा केन्द्र सञ्चालन समिति रहनेछ । केन्द्रमा प्रयोग भएका सवारीको इन्धन र मर्मत पालिकाले व्यहोर्ने छ । जनशक्तिको व्यवस्थापन आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गर्नेछ ।

प्रदेश सरकारले बिहीबार सुनसरीको कोशी गाउँपालिका, मोरङको कानेपोखरी गाउँपालिका, झापाको कमल गाउँपालिका, इलामको देउमाई नगरपालिकालाई वरुणयन्त्र र प्रहरी भ्यान हस्तान्तरण गरेको हो ।

त्यस्तै पाँचथरको फिदिम नगरपालिका, तेह्रथुमको आठराई गाउँपालिका, धनकुटाको धनकुटा नगरपालिका, भोजपुरको हतुवागडी गाउँपालिका, खोटाङको खोटेहाङ गाउँपालिका, ओखलढुंगाको सिद्धिचरण नगरपालिका, उदयपुरको रौतामाई गाउँपालिकालाइ पनि हस्तान्तरण गरेको छ । तीन जिल्लाका तीनवटा पालिकालाई केही समयपछि हस्तान्तरण गर्ने प्रदेश सरकारको तयारी छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker