बालबालिका तथा सञ्चार बिटका पत्रकारहरुको छुट्टै मञ्च गठन

कमल, २५ असोज । बालवालिका तथा शिक्षा क्षेत्रलाई सञ्चारसँग जोड्ने उद्देश्यले झापामा बालवालिका तथा शिक्षा सञ्चार मञ्च नामक संस्थाको स्थापना भएको छ ।

No posts found.

आईतवार विर्तामोड नगरपालिकाको सभाहलमा झापाका क्रियाशील पत्रकारहरुको भेलाले मञ्चको जिल्ला समिमित गठन गरेको छ ।

समितिको अध्यक्षमा पत्रकार सरोज पौडेल चयन हुनुभएको छ भने समितिमा झापाका १५ वटै पालिकाबाट कम्तीमा एक जना सदस्य चयन गरिने भएको छ ।

हालसम्म कार्यसमितिमा कमलबाट उमानाथ भण्डारी,मेचीनगरबाट प्रकाश पौडेल, बुद्धशान्तिबाट आयुष निरौला, भद्रपुरबाट द्रोण अधिकारी, गौरीगञ्जबाट आत्माराम राजबंशी, हल्दिबारीबाट नेत्र बिमली, गौरादहबाट सृजन घिमिरे, कचनकबलबाट घनश्याम अर्याल, कनकाईबाट चन्द्र बस्नेत, अर्जुनधाराबाट शुष्मा त्रिखत्री र पुष्पा लिम्बु, झापाबाट केशव चापागाई लगायत रहनु भएको छ ।

बालबालिका तथा सञ्चार बिटमा पत्रकारिता गर्न प्रोत्साहित गर्ने र सामाजिक रुपमा योगदान पुर्याउने मञ्चको लक्ष्य रहेको अध्यक्ष पौडेलले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker