विद्यालय सञ्चालन बारे अविभावक संग छलफल र अन्तरकृया

कमल । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को संक्रमण फैलिन नदिन सरकारले गेरको लकडाउनका कारण प्रवाभित बनेका शैक्षिक सस्थाहरु अब विस्तारै सञ्चालनमा आउने तयारीमा रहेका छन् ।
कोभिड १९ को संक्रमणका कारण बन्द भएका शैक्षिक सस्थालाई सञ्चालन गर्न सरकारले यहि असोज १ गते बाट लागुहुनेगरी विद्यार्थि सिकाई सहजीकरण निर्देशिका २०७७ जारी गरेको छ । सोहि निर्देशिका अनुसार विद्यार्थिलाई कसरी सिकाई सहजीकरण गर्ने विषयमा आज झापाको कमल गाउँपालिका वडा नम्वर ३ स्थित श्री शहिद धर्मभक्त माध्यमिक विद्यालयले कक्षा ९ देखी १२ सम्म अध्यायनरत विद्यार्थिका अविभावक संग छलफल तथा अन्तरकृया गरेको थियो ।

This image has an empty alt attribute; its file name is u8-1024x472.jpg


अहिले सम्म कोभिड १९ को संक्रमण नहटेको कारणले विद्यार्थिलाई वोलाएर कक्षा कोठामा राखेर पठनपाठन गर्न सक्ने अवस्था छैन । अर्को तर्फ ७५ प्रतिशत विद्यार्थिमा प्रविधि संग पहँुच पनि छैन । त्यसैले टोलटोलमा सिकाई केन्द्र स्थापन गरेर पटानपाठन सञ्चानल गर्ने तयारी भएको शहिद धर्मभक्त माध्यमिक विद्यालयका प्रध्यानाध्यापक काजिमान पौडेलले जानकारी दिनुभयो ।

This image has an empty alt attribute; its file name is kl-1024x472.jpg


विद्यालयमा दुरी कायमगर्दै र विहान र दिउसो दुई चरणमा कक्षा सञ्चालन गर्ने अविभावक संग छलफल भएको विद्यालय व्यावस्थापन समितीका अध्यक्ष चक्र बहादुर गुरुङ्गले बताउनु भयो ।
लामो समय विद्यालय बन्द हुदा विद्यार्थिले घरमा नपढ्ने र सामाजिक सन्जालमा व्यास्तहुने भएकोले सामजिक दुरीकायम गर्दैै विद्यालय सञ्चालन गर्नुपर्ने अविभावकको माग रहेको थियो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker