मन्त्री कार्कि द्वारा प्रदेश नम्वर १ को पहिलो कोभिड १९ अस्पताल उद्घाटन

उमानाथ भण्डारी

कमल । १ नम्वर प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रि हिक्मत कार्किले जनताको स्वास्थ्यनै सबै भन्दा महत्वपुर्ण भएकाले जनतालाई कसरी स्वस्थ्य राख्ने भन्नेमा प्रदेश सरकार लागी परेको बताउनु भएको छ ।

This image has an empty alt attribute; its file name is gt-1-1024x472.jpg


सो कुरा सोमवार झापाको कमल गाउँपालिका द्वारा निर्माण गरिएको प्रदेश नम्वर १ कै पहिलो अस्थाई कोभिड १९ अस्पतालको उद्घाटन पछि आफ्नो मन्तव्यका क्रममा मन्त्री कार्किले सो कुरा बताउनु भएको हो ।

This image has an empty alt attribute; its file name is gy-1024x472.jpg


नेपाल सरकारले अस्पताल नभएका स्थानिय तहमा न्युनतम ५ वेडको कोभिड १९ अस्पताल सञ्चलनगर्ने निर्देशन भए अनुसार कमल गाउँपालिकाले प्रदेश नम्वर १ मा सबै भन्दा पहिले अस्पताल सञ्चालनमा ल्याएकोमा मन्त्री कार्किले धन्यवाद समेत दिनुभएको थियो ।

This image has an empty alt attribute; its file name is 98-1024x472.jpg


अहिले अस्थाई रुपमा सञ्चालनमा ल्याएको अस्पताललाई छिट्टै स्थाई बनाईने र त्यसकालागी प्रदेश सरकारले थप आर्थिक सहयोगगर्ने समेत मन्त्री कार्किले बताउनुभयो ।

This image has an empty alt attribute; its file name is gh-1024x472.jpg


अस्पताल निर्माणका लागी गाउँपालिकाले २१ लाख रुपैया खर्च गरेको छ भने अस्पतालमा आवश्यक सामग्री खरिद गर्न र कर्मचारी व्यवस्थापनका लागी संघिय सरकार बाट १४ लाख ५० हजार प्रदेश सरकार बाट ५ लाख रकम प्राप्त भएको कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठले जानकारी दिनुभयो ।

This image has an empty alt attribute; its file name is d-1024x472.jpg


कोभिड १९ को संक्रमण बढ्न थालेपछि नेपाल सरकारले प्रत्येक स्थानिय तहमा क्वारेन्टाई निर्माण गर्न दिएको निर्देशन अनुसार यस अघि कमल गाउँपालिकाको वडा नम्वर ३ स्थित शहिद धर्मभक्त माध्यमिक विध्यालयमा क्वारेन्टाई बनाएका थियौं विध्यालय खालि गरि क्यारेन्टाई समेत यहि बाट सञ्चालन गरिने कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो ।

This image has an empty alt attribute; its file name is as-1024x472.jpg


अस्पताल उद्घाटन कार्यक्रममा भोजकुमार घिमिरे, पुर्णनन्द शर्मा दाहाल र दिलिप कुमार राईले शुभकामना मन्तव्य राख्नु भएको थियो । उपाध्यक्ष वेनु सिवाकोटीले स्वगत मन्तव्य राख्नुभएको थियो ।

This image has an empty alt attribute; its file name is bg-1024x472.jpg


अस्पताल सञ्चालनकालागी तत्काल एमविविएस डाक्टर १ जना स्टाफ नर्स २ जना र कार्यलय सहयोगी १ जना नियुक्ति भैसकेको र आवश्यक परेमा गाउँपालिकाले थप कर्मचारी परिचालन गर्ने अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker