युनियन लाईफ ईन्स्युरेन्स कम्पनि लिमिटेडले आज एक कार्यक्रमका विच दावि भुक्तानिको रकम प्रदान

कमल । युनियन लाईफ ईन्स्युरेन्स कम्पनि लिमिटेडले आज एक कार्यक्रमका विच दावि भुक्तानिको रकम प्रदान गरेको छ ।
शिवसताक्षी नगरपालिका वडा न ८ स्थित झिलझिले निवासी सानुराज लावतीको मृत्यु पश्चात वहाँकी श्रीमती सुरज कुमारी लावतीलाई दाविभुक्तानी वापतको ५ लाख ५० हजार रुपैयाको चेक युनियन लाईफ ईन्स्युरेन्स कम्पनि लिमिटेडका प्रदेश प्रमुख तथा एरिया जेनरल मेनेजर भुपराज पराजुली र उप प्रदेश प्रमुख तारा बहादुर दाहालले संयुक्त रुपमा प्रदान गर्नु भएको कम्पनिका सुरुङ्गा शाखा प्रमुख नारायण थापाले जानकारी दिनुभयो ।

No posts found.

५ लाखको विमा गरेका लावतीले २ वर्षको विमा शुल्क वापत ५२ हजार रुपैया मात्र कम्पनिलाई बुझाउनु भएको मृतककी श्रीमती सुरज कुमारी लावतीले जानकारी दिनुभयो बताउनुभयो ।

This image has an empty alt attribute; its file name is er-1024x472.jpg


घरको आर्थिक अवस्था कमजोर भएर वैदेशिक रोजगारीमा गएका श्रीमानको उतै मृत्यु भयो । अव छोराछोरीको शिक्षादिक्षा कसरी गर्ने भन्ने चिन्तामा थिए आज अचानक कम्पनिका तर्फवाट चेक पाएपछि खुशी हुँदै लावतीले भन्नुभयो विमा कम्पनिले यति सजिलै घरमै आएर रकम दिन्छ भन्ने कल्पना पनि गरेको थिईन । आज मलाई खुशी लागेको छ । अव यो रकममले छोराछोरीलाई राम्रो शिक्षा दिक्षा दिनेछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker