उपचार अभावमा छटपटाई रहेका लिलानाथ

उमानाथ भण्डारी

No posts found.

कमल । विप्पन्नलाई कतिसम्मको वित्यास आइलाग्छ भन्ने कुराको एउटा उदाहरण झापाको कमल गाउँपालिका वडा नं २ का लीलानाथ चापागाईँलाई हेरे पुग्छ । घरमा आम्दानीको श्रोत केहि नहुनुभएका चापागाईको शरिरको पछाडिको भाग नचलेको ५ वर्ष भयो । उपचारको अभावमा उहाँ कष्टकर जीवन बताइरहनु भएको छ । बिहान बेलुकाको छाक टार्नै मुस्किल भै रहेका बेला उहाँको उपचार अर्को चुनौती बनेको छ ।
झापाको कमल गाउँपालिका वडा नम्वर २ क्याम्पा वजार बाट करिब ३ मिटर दक्षिणमा एउटा सानो झुप्रो घर छ । त्यसमा ५९ वर्षिय लीलानाथ चापागाईका साथ वहाँकी ५२ वर्षिय श्रीमती रेनुका देवि चापागाई र ९५ वर्षिय आमा लक्ष्मिमाया चापागाई बस्नुहुन्छ । आर्थिक अवस्था अत्यान्तै कमजोर भएका परिवारणको रेखदेख गर्ने सम्पुर्ण जिम्मा लीलानाथलाई थियो । आफ्नो नाममा रहेको १ कट्ठा १८ धुर जमिनले पेटभरी खान नपुगेर अधिया गर्नुहुन्थ्यो । त्यसैबाट सामान्य परिवारको गुजारा चल्दै पनि थियो । तर ५ वर्ष अघी सामान्य दुखाई बाट सुरु भएको उहाँको पछाडीको भाग अहिले चल्नै सक्दैन । सुरुमा उहाँको नितम्वमा सानो फोको जस्तै देखिएको थियो । तर अहिले बढ्दै गएर दिसा विसाव नै बन्द भएको छ । अहिले नितम्व बढेर बस्न समेत मिल्दैन । जहाँ बस्यो त्यहि, हिडिरहेकै बेला पनि दिशा पीसाव लाग्ने र आफुले पत्तै नपाउने उहाँले बताउनु भयो ।

This image has an empty alt attribute; its file name is cd-1024x472.jpg


सुरुमा उपचार गराउन भारतको सिलीगुडी सम्म पुग्नु भयो । त्यहाँपनि खर्चमात्र भयो । रोग २० को १९ भएन । उपचारको क्रममा १ लाख रुपैया भन्दा बढी खर्च भयो । अव खर्च गर्न सम्भव छैन । कसैले सहयोग गरे आफुले उपचार पाउने लीलानाथ बताउनु हुन्छ । ५ वर्ष देखि यस्तो समस्या भोग्दै आउनु भएका श्रीमानको आर्थिक अवाभका कारण उपचार गराउन सकिएन । अर्को तर्फ ९५ वर्षिय सासु आमा आँखा देख्नुहुन्न । हाम्रो परिवारलाई किन यस्तो समस्या परेको हो ? गह भरी आँशु पार्दै श्रीमती रेनुका देवी सहयोगको याचना गर्नुहुन्छ ।

This image has an empty alt attribute; its file name is hu-472x1024.jpg

जनतालाई सास्ती परेपछि आश र भरोषा भनेको अहिलेका आफ्नै नजिकका जनप्रतिनिधीको हुन्छ । त्यसैले बिरामी परिवारले वडाका जनप्रतिनिधी मार्फत नै भए पनि सहयोगको माग गरेका छन् । वडा नं २ का वडाअध्यक्ष तारा प्रसाद न्यौपानेले वडास्तरको सहयोगले मात्र पर्याप्त नहुने भन्दै थप सहयोग गर्न गाउँपालिकाको कार्यपालिका बैठकमा प्रस्ताव लगेर आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

पछिल्लो समय विरामले झनै च्याप्न थालेको छ । पाईप नलगाई पिसाव आउदैन । दिशा लागेको पत्तै हुदैन दुखाई दिनका दिन बढी रहेको छ । दिन त जसोतसो काटिन्छ तर दुखाईले गर्दा रात काट्न मुस्किल हुने चापागाईले पीडा सुनाउनु भयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker