झापा सुरुङ्गाकी कोरोना संक्रमित ४५ वर्षीया महिलाको मृत्यु

सुरुङ्गा . झापाको कनकाई नगरपालिका—३, सुरुङ्गाकी कोरोना भाइरस (कोभिड —१९) संक्रमित ४५ वर्षीया महिलाको उपचारकै क्रममा  मृत्यु भएको छ ।
बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारमा रहेकी ती महिलाको आइतबार बिहान १०ः४५ बजे  मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । महिलामा १८ गते नै कोरोना पुष्टि भएको बताइएको छ ।

No posts found.

   मधुमेहको समस्या भएकी महिला कब्जियत, ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि मेची अञ्चल अस्पतालमा भर्ना भएकी थिइन् । गम्भीर स्वास्थ्य समस्या भएकोले त्यहाँबाट १८ गते बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान रिफर भएकी थिइन् । परीक्षणका क्रममा महिलामा निमोनियासमेत देखिएको र अवस्था गम्भीर भइसकेकोले भेन्टिलेटरको सहायताले उपचार गर्दा पनि मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker