जिल्ला प्रशासन झापा द्वारा कमल गाउँपालिका को केर्खा बजार र मेचिनगर नगरपालिकाको ६,७ र ८ वडामा निषेधाज्ञाका जारी
उमानाथ भण्डारी
कमल । जिल्ला प्रशासन झापा द्वारा कमल गाउँपालिका को केर्खा बजार र मेचिनगर नगरपालिकाको ६,७ र ८ वडामा निषेधाज्ञाका जारी गरेको छ ।
जिल्ला प्रसाशन कार्यलय झापाले समेत भदौ ३ गते राती १२ बजे देखी ९ गते राती १२ बजे सम्मकालागी वडा नम्वर ३ को फाल्गुनन्द टोल र शान्ती टोल क्षेत्रको पश्चिममा ढ्याग्रे खोला, पुर्वमा केर्खा खोला ,उत्तरमा पुर्वपश्चिम लोकमार्ग र दक्षिणमा निहारिका बोडिङ्ग स्कुल अगाडीको तेर्सो बाटो क्षेत्र भित्र भदौ ३ गते राती १२ बजे देखी ९ गते राती १२ बजे सम्म र मेचीनगर

नगरपालिका को वडा नम्वर ६,७र८ क्षेत्र भित्र अर्को सुचना जारी नभएसम्मका लागी मानिस हरुको आवत जावतमा नियन्त्र गर्नकालागी निषेधाज्ञाको आदेश जारीगरीएको निमित्त प्रमुख जिल्ला अधिकारी द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कमल गाउँपालिकाको केर्खामा भदौ ३ गते राति १२ बजे गरिएको लकडाउन र त्यसपछि जिल्ला प्रशासन झापा द्वारा गरिएको निषेधाज्ञा कारण बजारका कुनै पनि पसलहरु खुलेका छैनन भने सवारी साधन र मान्छेको चहल पहल समेत शून्य छ ।
निषेधाज्ञा पछि झापाको केर्खा यस्तो देखियो


