खनालको पहिलो प्रस्तुती ः तिम्रो आखाँमा हेर्न मलाई आटै पुग्दैन

उमानाथ भण्डारी

कमल । गायक दिपक खनालले आफ्नै शब्द संगित र स्वरमा पहिलो गित बजारमा ल्याउनु भएको छ ।
तिम्रो आखाँमा हेर्न मलाई आटै पुग्दैन भन्ने वोलको सोलो गित बजारमा ल्याएको गायक खनालले बताउनुभयो ।
गितको एरेन्ज अशोक थापाले गर्नु भएको छ भने गितारमा संजिव बराईलीले साथ दिनुभएको छ ।
ईलाम चुलाचुली २ स्थाई घर भएका गायक दिपक स्कुले जिवनमा नै गित संगित मन पराउने भएकोले विध्यालयले आयोजना गरेका धेरै साँस्कृतिक कार्यक्रममा आफुले प्रस्तुती दिएको बताउनुहुन्छ ।

This image has an empty alt attribute; its file name is Deepak-2.jpg


विविएस सम्मको अध्यायन गरेका खनाल अन्य युवा जस्तै आफुपनि वैदेशिक रोजगार बाट अछुतो हुन सक्नु भएन त्यसैको सिलसिलामा २०८ मा दक्षिण कोरिया पुग्नुभयो ।
कोरियामा ९ वर्ष सम्म रहँदा त्याँहा आयोजना हुने कन्सर्टमा आफुले कोरियन भाषाका गित समेत गाउने गरेको वाहाँ बताउनु हुन्छ ।
मोफसलमा रहेर साँगितिक क्षेत्रमा कामगर्न धेरै गारोहुने रहेछ । स्कुले जिवनमा आफुले गितार किनेर त्याएपनि सिकाउने गुरु नभेट्दा सारै दुःख लागेको सम्झना अझै ताजै छ । मोफसलमा संगित सिक्नकालागी सांगितीक पाठशाला छैनन् गित रेकडिङ्गका लागी संगीतकार, रेकडिङ्ग स्टुडियो जस्ता कुराहर पाउननै गारो हुँदो रहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker