कमल गाउँपालिकाले २०७७ साल भदौ ६ गते राती १२ बजे सम्मकालागी आवत जावतमा कडाई गरेको छ


कमल । कमल गाउँपालिकाले विश्व व्यापिरुपमा फैलिएको कोभिड १९ को रोगथाम र नियन्त्रणका लागी आईतवारबार बसेको कार्यपालिकाको बैठकले कमल गाउँपालिकाको क्षेत्रभित्र लागुहुने गरी आवत जावतमाकडाई गरेको छ ।
गाउँ कार्यँपालिकाको आईतवार बसेको बैठकले आज (साउन ३२ गते) बाट लागुहुने गरी अत्यावश्यक सेवा वाहेकका (स्वस्थ्य सस्था, औषधी पसल र दुधडेरी) वाहेकका पसल विहान ८ बजेदेखी १ वजे सम्ममात्र सन्चालगर्ने गरी निर्णय गरेको छ ।व्यवसायीले व्यवसाय संचालनगर्दा अनिवार्य रुपमा माक्स, सेनिटाईजर,र सावुन पानिको प्रयोगगरी भौतीक दुरी अपनाएर मात्र सामान विक्रिवितरणका लागी गाउँपालिका द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

This image has an empty alt attribute; its file name is huo-699x1024.jpg


त्यसैगरी अर्को सुचना जारी नहुन्जेल सम्मका लागी स्थानिय हाट बजार पुर्ण रुपमा बन्द गर्नु पर्ने छ भने २५ जान भन्दा बढी मानिस जम्मा हुनेगरी कुनै पनि प्रकारको सभा, सम्मेलन ,भेला सन्चालन गर्न नपाई छैन भनि आज प्रकासित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
गाउँपालिकाका कर्मचारी र वडा कार्यलयका कर्मचारीको कन्ट्याक्क ट्रेसिङ्गका कारण पिसिआर परिक्षण भै सकेको र परिक्षणको नतिजा आउना साथ कार्यलय सन्चालनमा आउने विज्ञप्तिमा जनाइएको छ ।
त्यसैगरी सिटी सफारी, टेम्पो चालकले अनिवार्य रुपमा माक्स र सेनिटाईजर प्रयोग गर्ने र एक पटकमा २ जना भन्दा बढी यात्रु बोक्न नपाईने तथा अति आवश्यक काममा बाहेक घर बाहिर हिडडुल नगर्न समेत गाउँपालिकाले अनुरोध गरेको छ । यदि घर बाट बाहिर निस्कनु पर्ने अवस्था आएमा अनिवार्य रुपमा माक्सको प्रयोग गर्नु पर्ने छ । माक्स नलगाई हिडडुल गरेमा स्थानिय प्रहरीले नियम अनुसार जरिमाना समेत गर्न सक्ने विज्ञप्तिमा जनाईएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker