कमल गाउँपालिकामा अत्यावश्यक सेवा वाहेकका अन्य व्यवसाय विहान ८ बजे देखी अपरान्न ४ बजे सम्म मात्र

उमानाथ भण्डारी

No posts found.

कमल । कमल गाउँपालिकाले विश्व व्यापिरुपमा फैलिएको कोभिड १९ को रोगथाम र नियन्त्रणका लागी विभिन्न निर्णय गरेको छ ।
गाउँपालिकाले गरेको निर्णयलाई कार्यन्वयन गर्न स्थानिय पाटी प्रतिनिधी ,संघ सस्थाका प्रतिनिधी उद्योग वाणिज्य संघ, बजार समिती, टोल विकास सस्था सुरक्षा निकायले समेत निर्णय कार्यन्वयनमा प्रतिवद्धता जनाएको कमल गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष नरप्रसाद दंगालले जानकारी दिनुभयो ।
आज बसेको सर्व पक्षिय बैठकले अत्यावश्यक सेवा वाहेकका अन्य व्यवसाय , पसल र होटल विहान ८ बजे देखी अपरान्न ४ बजे सम्म मात्र सन्चालन गर्ने । व्यवसायीले आफ्नो व्यवसाय सञ्चालन गर्दा अनिवार्य रुपममा सेनिटाईजर, साबुन पानीको प्रयोगगरी सामाजकि दुरी अपनाएर मात्र सामान विक्रिवितरण गर्नुपर्ने छ ।

This image has an empty alt attribute; its file name is bh-1-1024x472.jpg


त्यसैगरी अर्को सुचना जारी नहुन्जेल सम्मका लागी स्थानिय हाट बजार पुर्ण रुपमा बन्द गर्नु पर्ने छ भने २५ जान भन्दा बढी मानिस जम्मा हुनेगरी कुनै पनि प्रकारको सभा, सम्मेलन ,भेला सन्चालन गर्न नपाई छैन । सबै नागरिकले अनिवार्य रुपमा माक्स लगाउनु पर्ने निर्णय गाउँपालिकाले गरेको निर्णयलाई कार्यन्वयन गर्न प्रतिवद्धता जनाएको छ ।
त्यसैगरी सिटी सफारी, टेम्पो चालकले अनिवार्य रुपमा माक्स र सेनिटाईजर प्रयोग गर्ने र एक पटकमा २ जना भन्दा बढी यात्रु बोक्न नपाईने तथा अति आवश्यक काममा बाहेक घर बाहिर हिडडुल नगर्न समेत गाउँपालिकाले अनुरोध गरेको छ । यदि घर बाट बाहिर निस्कनु पर्ने अवस्था आएमा अनिवार्य रुपमा माक्सको प्रयोग गर्नु पर्ने छ । माक्स नलगाई हिडडुल गरेमा स्थानिय प्रहरीले नियम अनुसार जरिमाना समेत गर्न सक्ने छ ।
यसका साथै बैक तथा वित्तीय सस्थाले सजगताका साथ स्वस्थ्य प्रोटाकलको पालन गरी नियमित रुपमा सेवा प्रवाह गर्न सक्ने गाउँपालिकाका बैठकले निर्णय गरेको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker