कमल गाउँपालिकामा आज पुन एक जना पुरुषमा कोभिड १९ पोजेटिभ देखिएको छ

कमल । झापाको कमल गाउँपालिका ३ स्थित शहिद धर्मभक्त माध्यमिक विध्यालयको क्वारेन्टाईनमा रहेका एक जना पुरुषमा कोभिड १९ पोजेटिभ देखिएको छ ।
दुवईबाट आएर क्वारेन्टाईनमा रहेका कमल गाउँपालिका ३ का ३२ वर्षिय पुरुषमा कोभिड १९ पोजेटिभ देखिएको कमल गाउँपालिका स्वस्थ्य शाखाले जनाएको छ ।
गाउँपालिकाले अहिले सम्ममा ३ सय ४९ जनाको पिसिआर परिक्षण गर्दा ३ जनामा पोजेटिभ देखिएको कमल गाउँपालिका स्वस्थ्य शाखाका अधिकृत ईन्द्र अर्यालले जानकारी दिनुभयो । यस अघि गाउँपालिकाको वडा नम्वर १ र ५ कोभिड १९ पोजेटिभ देखिएका दुबैजना पुरुस स्वस्थ्य स्थिती सामान्य भएर घर फर्कि सक्नु भएको अधिृत अर्यालले बताउनु भयो ।
आज गरिएको पिसिआर परिक्षणमा देशभर बाट ३ सय ३८ जना नयाँ संक्रमित फेला परेका छन् भने १ सय ४० जना निको भएर डिस्चार्ज हुनुभएको छ भने ४ जनाको मृत्यु भएको स्वस्थ्य मन्त्रालयले जनाएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker