झापाको शिवसताक्षी नगरपालिका मा आज बाट योग शिविर सुरु

कमल । झापाको शिवसताक्षी नगरपालिका मा आज बाट योग शिविर सुरुभएको छ ।
पंतन्जली योग शिवसताक्षी नगर समिती को आयोजनामा आज बाट योग शिविर सन्चालन भएको छ ।
पतन्जली योग समिती झापाको प्राविधिक सहयोगमा सन्चालनहुने योग शिविर शिवसताक्षी नगरपालीका वडा नम्वर ११ दुधे स्थित सामुदायीक सिकाई केन्द्रको सभाहलमा सन्चालन हुने आयोजकले जनाएको छ ।

This image has an empty alt attribute; its file name is gt-1024x472.jpg


“शान्ति र समृद्धिको लागी योग, राष्ट्रिय एकता योगको सान्दर्भिकता” भन्ने नाराका साथ योग शिविर सुरु भएको हो ।
योगले कुनै पनि रोगलाई शरिवाट जरै बाट उखेलेर फाल्ने गर्छ । यसलाई नगरका सबै वडामा पुर्याउन आवश्यक भएको पतन्जली योग समिती प्रदेश नम्वर १ महामन्त्री लक्ष्मि काफ्ले बताउनु भयो ।

This image has an empty alt attribute; its file name is gy-1024x472.jpg


पतन्जली योग समितीमा लागेर हामी अगाडी बढी रहेका छौ । यो कार्यमा तपाईहरले साथ दिनुहुन्छ भन्ने मैले विश्वस लिएको छु । योगमा जातजाती भाषाभाषी केही हुदैन यो शुद्ध पेशा भएको पतन्जली योगसमिती झापाका अध्यक्ष देबी प्रसाद घिमीले बताउनु भयो ।
कार्यक्रम प्रमुख अतिथी युवा नेपाल प्रदेश नम्वर १ का संयोजक बाबुराम बस्नेत, पतन्जली योग महिला समिती झापा महामन्त्री निर्मला गजुरेल पतन्जली योग कमल गाउँसमिती कृष्ण प्रसाद ओझा,समाज सेवी अशोक बस्नेत सहितले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker