सडक दुर्घटनामा परि युवकको मृत्यु



No posts found.

कमल । सडक दुर्घटनामा परि गएराती एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)को गौरीगञ्ज शाखाका प्रमुख प्रदीप लम्सालको निधन भएको हो । पुर्व पश्चिम सडक खण्ड अन्तरगत झापाको कमल गाउँपालिका ४ सिद्धार्थ चोकमा पुर्व बाट पश्चिम जादै गरेको मे १० प ९८२६ नम्वरको मोटर साईकल सडकमा खुल्ला छाडिएको राँगा सँग ठोक्किदा दुर्घटना भएको थियो ।
दुर्घटनामा परि घाईते भएका २७ वर्षिय लम्सालको उपचारका क्रममा दमक स्थित लाईफ लाईन अस्पतालमा निधन भएको प्रहरी चौकी केर्खाका ईन्चार्ज राजेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
लम्साल झापा गाउँपालिका वडा नं. ६ का बासिन्दा हुन् । दुर्घटनामा उनीसँगै मोटरसाइकलको पछाडि सवार एनएमसी शिवगञ्ज शाखाका प्रमुख धर्मेन्द्र सुबेदी गम्भीर घाइते भएका छन् । घाइते सुबेदीलाई उपचारका लागि विराटनगरको नोवेल हस्पिटलमा भर्ना गएिको छ ।
पुर्व पश्चिम सडक खण्ड अन्तरगत पुर्वमा कन्काई नदी देखी पश्चिममा रतुवा नदि सम्म सडकमा खुल्ला छोडिएका पशुका कारण सडक दुर्घटना हुने गरेको छ ।
सडकमा खुल्ला पशु नछोड्न र यदी पशुका कारण कुनै दुर्घटना भए त्यसको सम्पुर्ण जिम्वेवारी पशुधनि हुनुपर्ने भनेर गत वर्ष कमल गाउँपालिकाको सहयोगमा मेचि युनेस्को क्लवले स्थानिय कृषक र सरोकारवाला निकाय सँग विभिन्न सचेतना मुलक कार्यक्रम गर्नुका साथै सडक किनारामा होडिङ्ग वोड समेत राखेको थियो ।
यस्ता कार्यक्रम पछि कमल गाउँपालिकाका कृषकले आफ्ना पशुलाई नियन्त्रण गरेकाछन् । तर ईलामको चुलाचुलीका कृषकले आफ्ना पशु खुल्ला छोडिदिनाले पछिल्लो समय पुन दुर्घटना बड्न थालेको सरोकार वालाको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker