कनकाईले बाँध फुटाउँदा बाढीको भंगालो शिवगञ्ज पस्यो

शिवगञ्ज / कनकाई र सतासी खोलाको बाढीले झापाको पुरानो बजार शिवगञ्ज डुवानमा परेको छ ।
शिवगञ्जको पुरानो बजार मा कनकाईको बाढी पसेको हो । शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष मनोज खुलाल कार्कीका अनुसार आपत्कालिन स्थितीमा १५ घरका परिवारलाई सुरक्षीत स्थानमा सारिएको छ ।

No posts found.
This image has an empty alt attribute; its file name is oooooo.jpg


इलाका प्रहरी कार्यालय शिवगञ्जको पुर्व तर्फको बस्तीमा बाढी पसेपछि कतिपय स्थानीयले बाल बच्चा च्यापेर राती ३ बजे घर छाडेर भागेका थिए । उनिहरुलाई स्थानीय प्रहरी र वडा अध्यक्ष खुलालले इलाका प्रहरी कार्यालय मा राखेका छन् ।

This image has an empty alt attribute; its file name is zzzzz.jpg


जनताको तटबन्धले निर्माण गरेको बाँध बगाएपछि बाढी गाँउ पसेको हो ।
मैनाचुलीमा गरिएको बाढीको मापन अनुसार बाढीले खतराको संकेत पार गरेको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ । कनकाईमा आईतबार बिहान पानी ३.४७ मिटर उचाइमा बाढी आएको थियो । यो खतराको तह नजिक हो । खतराको सिमा भनेको ४.३ हो । रेडक्रसका झापा सभापती लोकराज ढकालले नदिको तटीय क्षेत्रमा नजान सर्वसाधरणलाई अनुरोध गरेका छन् ।
बाढीले जिल्लाका मावा, रतुवा, कनकाई, बिरिङ, निन्दा, मेची लगायत साना खोलामा पनि पानीको सतह बढेको छ । जिल्लाको उत्तरी क्षेत्र भन्दा पनि दक्षीण क्षेत्र जोखिमा रहेको प्रहरीले बताएको छ ।
दोमुखाको चिल्ड्रेन पार्क कनकाई नदिको उच्च जोखिममा छ । पार्क बचाउनका लागि यसैवर्ष निर्माण गरिएको बाँध नाघेर बाढी पार्कमा पसेको दोमुखा धार्मीक तथा पर्यटकीय विकास संस्थाका सचिव धनप्रसाद ढकालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker