सलह संकलन गरी बाली विरुवा जोगाउन सहयोग गरे दमक नगरपालिकाले पुरुस्कार दिने घोषणा, भगाउने यस्ताछन् उपाय

दमक/ सलह किरा नियन्त्रणका लागि नगरपालिकाले सार्वजनिक सूचना जारी गरेको छ । नगरपालिकाको कृषि शाखाले यस सम्बन्धी अत्यन्त जरुरी सुचना भन्दै सार्वजनिक सूचना निकालेको हो ।

हाल नेपालमा देखिएको सलह किराको वथानवाट हुन सक्ने सम्भावित कृषि वालीनालीहरु विनाशको जोखिम नियत्रण तथा वाली विरुवा क्षति हुनबाट रोकथामको लागी अनुरोध गरिएको छ ।

जैविक तथा स्थानीय प्रविधिहरु प्रयोग गरी आआफ्नो तवरवाट वालीनाली जोगाउन सम्पूर्ण कृपक दाजुभाई तथा दिदी बहिनिहरुमा दमक नगरपालिका हार्दिक अपिल गर्दछ, नगरपालिकाद्धारा जारी गरिएको सूचनामा भनिएको छ ।

हुल लाई तितरवितर गर्न सामुहिक रुपमा धुंवा लगाउने तिखो आवाज आउने वाजा तथा साउण्ड बजाउने, सलहमा धेरै प्रोटिन हुने भएको हुनाले पशुपंछी तथा माछाको आहाराको रुपमा टिपेर प्रयोग गर्न सकिने छ, यो किरा वस्नु भन्दा अगाडी आकासमा २/३ पटक सम्म फन्को लागाएर उपयुक्त ठाउँ छनोट गरेर मात्र वस्ने स्वभावको भएको हुनाले वस्न नदिई खेदाउन सके उपयुक्त हुन्छ ।

सलह संकलन गरी बाली विरुवा जोगाउन सहयोग गरे दमक नगरपालिकाको तर्फवाट उचित पुरस्कार प्रदान गरिने पनि कृषि अधिकृत चन्द्रकला भट्टराईले जारी गरेको सूचनामा उल्लेख छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker