कमलनगर जेसीज द्वरा सिद्देश्वर गुरुकुललाई खाद्य सामाग्री प्रदान

कमल ÷ कमलनगर जेसीजले आज कमल गाउँपालिका ७ स्थित सिद्देश्वर गुरुकुललाई खाद्य सामाग्री प्रदान गरेको छ ।
विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को कारण उत्पन्न विषम परिस्थितमा गुरुकुलमा अध्यायनरत विध्यार्थिलाई खाद्यन्न संकट हुन नदिनकालागी गुरुकुलमानै पुगेर खाद्य सामाग्री प्रदान गरेको जेसीजले जनाएको छ ।
मानवीय सेवा नै सर्वोत्तम कार्य हुने भन्दै जेसीजले समाजीक कार्यअन्तरगत गुरुकुललाई खाद्य सामाग्री प्रदान गरेको छ । प्रदान गरिएका सामग्रीमा दाल, चामल, चिनी, सावुन, तेल लगायतका सामग्री प्रदान गरेको कमलनगर जेसीजका अध्यक्ष जेसी हेम दाहालले जानकारी दिनुभयो ।
कार्यक्रममा सामाजिक व्यक्तित्व हुकुम सिंह राई, कमलनगर जेसीजका संस्थापक अध्यक्ष रुपनारायण न्यौपाने, चन्द्रदर्शन सहकारी संस्था कमल ५ का अध्यक्ष बालकृष्ण गौतम, जेसीजका आजिवन सदस्य जेसी लेखनाथ खतिवडा लगायत तथा कमल नगर जेसीजका पदाधीकारीको उपस्थिती रहेको थियो ।

This image has an empty alt attribute; its file name is hua.jpg


यसअघि कमलनगर जेसीजले आफ्नै सन्तानबाट हेला भएर बेसहारा हुनुभएको कमल १ का वृद्ध आमालाई समेत लकडाउनकै बेला आमाको मुख हेर्ने दिनको अवसरमा खाद्यान्न सहित आवस्यक सामाग्री प्रदान गरेको थियो ।
त्यसैगरि कमल गाउँपालिका ५ पाडाजुङीका आगलागी पीडितलाई कमल नगर जेसीजले राहतस्वरूप नगद प्रदान गरेको थियो । साथै कमल ५ पाडाजुङीमा होलि मिलन कार्यक्रमको अवसरमा कोरोना सम्बन्धी चेतनामूलक कार्यक्रम तथा मास्क वितरण गरेको थियो । एक व्यक्ति एक विरुवा कार्यक्रम अन्तर्गत विश्व बाताबरण दिवसको अवसरमा कमल गाउँपालिका १ स्थित श्री बाँसबारी माध्यमिक विद्यालयको प्राङ्गणको वरिपरि विभिन्न प्रजातिका विरुवाहरु रोपेर बिरुवा रेखदेख तथा संरक्षण गर्दै आएको छ । त्यस्तै जेसीजले कमल गाउँपालिका भित्र खटिएका सुरक्षाकार्मीहरुलाई अत्यावश्यक स्वास्थ्य सामग्री पनि हस्तान्तरण गरेको थियो । कमल नगर जेसीजले कोभिड १९ सम्बन्धि जनचेतनामुलक होडिङ्गवोड लगाएको छ
कमल गाउँपलिकाको पुर्व कमल नदी देखि पश्चिममा रतुवा नदि सम्मको पुर्व पश्चिम लोकमार्गमा यस्ता होडिङ्गवोड लगाईएको महासचिव गोपाल खनालले जानकारी दिनुभयो ।
आफ्नो समाजमा कोहि विदेश बाट आउनुभएको छ भने अनिवार्य क्वारेन्टाईनमा बस्ने सल्लाहा लिऔं र सो को जानकारी सम्बन्धित निकायमा अनिवार्य गराऔं भन्ने जनचेतनामुलक होडिङ्गबोर्ड लगाएको कमल नगर जेसीजका अध्यक्ष जेसी हेम दाहालले जानकारी दिनुभयो ।
त्यसैगरी बढी भिडभाड नगराऔं भिडभाडमा जानै पर्ने अवस्था आए सामाजिक दुरीकायम गर्रौ माक्स र पन्जा अनीवार्य लगाउ कोभिड १९ बाट आफु बचौं र अरुलाईपनि बचाउ भन्ने सन्देश दिनका लागी जेसीजले गर्ने सामाजीक कार्य अन्तरगत यस्तो कार्यक्रम गरेको कमल नगर जेसीजका महासचिव जेसी गोपाल खनालले बताउनुभयो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker