सभापति राई द्वारा कमल गाउँपालिका ७ नम्वर वडा कार्यलयको नवनिर्मित भवनको उद्घाटन

उमानाथ भण्डारी

कमल । १ नम्वर प्रदेशका सांसद एवं सुशासन तथा योजना आयोगका सभापति अर्जुन राई द्वारा आज झापाकोे कमल गाउँपालिका ७ नम्वर वडा कार्यलय भवनको एक कार्यक्रमका विच उद्घाटन गर्नु भएको छ ।
गणतन्त्र स्थापना पछी त्यसले व्यवस्था गरकोे कानुनी प्रावधान अनुसार राज्यको तिन वटा तह मध्ये स्थानियतहका वडा कार्यलय बाट नगारिकले अधिकतम् सेवा पाउने कानुनी प्रावधान छ । सोहि अनुसार कमल गाउँपालिकाले ७ नम्वर वडाकार्यलयलमा आफ्नै भवन बनाएर नागरिकलाई सेवा प्रदान सुरुगरेकोमा सभापति राईले धन्यवाद दिनुभएको थियो ।

This image has an empty alt attribute; its file name is v67-1024x472.jpg


त्यसैगरी ७ वडा कार्यलयको भवन निर्माण सम्पन्नगरी आजबाट सेवा सुरु गरेका छौ। हामिले सबै वडा कार्यलयको भवन निर्माणका लागी गाउँपालिकाले जग्गा प्राप्त गरि सकेको छ । वडा कार्यलय भवन निर्माणका लागी बजेट समेत विनियोजन गरेका छौ भने आगामी आर्थिक वर्ष भित्र सबै वडाका कार्यलय भवन निर्माणगरी सक्ने कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताउनुभयो । आज हामी निर्वाचित भएको तिन वर्ष पुरा भएको अवसरमा नयाँ भवन बाट सेवा सुरु गरेका खुशलिागेको समेत अध्यक्ष काफ्लेले बताउनुभयो ।

This image has an empty alt attribute; its file name is 89-1024x472.jpg


वडाकार्यलय भवन निर्माणका लागी स्थानिय देविमाया चम्लागाई,टंकप्रसाद चम्लागाई,गोविन्द प्रसाद चम्लागाईले वडा कार्यलय निर्माणका लागी ५ कठ्ठा,सवा १५ धुर जमिन उपलब्ध गराउनु भएको थियो । सो जग्गामा भवन निर्माणकालागी जिल्ला समन्वय समिती झापा बाट ४५ लाख,प्रदेश निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमका तर्फ बाट २५ लाख र गाउँपालिका बाट ७ लाख ५० हजार गरी जम्मा ७७ लाख ५० हजार रुपैयाको लागतमा निर्माण गरीएको भवन ४५ फुट लम्वाई ३३ फुट चौडाई रहेको भवन ८ कोठाको २ तले भवन निर्माण सम्पन्न भएको छ ।
जग्गादाता देविमाया चम्लागाई,टंकप्रसाद चम्लागाई,गोविन्द प्रसाद चम्लागाईलाई दोसल्ला ओडाए सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

This image has an empty alt attribute; its file name is sdr-1024x472.jpg


कार्यलयको भवन निर्माणका लागी जमिन उपलब्ध गराएर यो सुनौलो अवसर जुराई दिनुभएकोमा गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटीले जग्गादातालाई हार्दिक आभार तथा बधाई दिनुभयो ।
आर्थिक वर्षमा निर्माण सुरुगरीएको कार्यलय हामि केहि महिना अगाडी सम्पन्न गर्ने थियो तर कोरोनाको कारण ढिलै भएपनि सम्पन्न गरेर यसै कार्यलय बाट आज बाट सेवा दिन सुरु गरेका छौ । यसका साथै भवन निर्माण गर्नका लागी जग्गा प्रदान गर्ने जग्गादाता र लगायत सम्पुर्ण सहयोगी मनलाई वडा अध्यक्ष पृथ्विपती राईले धन्यवाद दिनु भयो ।

This image has an empty alt attribute; its file name is gyt-1024x472.jpg


कार्यक्रममा स्थानिय दलका प्रतिनिधी, संघ सस्थाका प्रतिनिधी, , शिक्षक, टोल विकास सस्थाका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो । उद्घाटन कार्यक्रममा उपस्थित सहभागीलाई महिला वडा सदस्य मनमाया सिटौलाले शाब्दिक शब्दले स्वगत गर्नुृ भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker