झिलझिले – शिवगञ्ज मुख्यमन्त्री ग्रामीण सडकको कालोपत्रे निर्माण अन्तिम चरणमा

झिलझिले / आफ्नै निर्वाचन क्षेत्रमा निर्माणाधिन कालापत्रे सडकको शुक्रबार झापा निर्वाचन क्षेत्र नम्बर ४ प्रदेश सभा ९क०का सांसद झलक शिंह दर्लामी मगरले स्थलगत अनुगमन गरेका छन् ।
प्रदेश सरकारले घोषणा गरेको मुख्यमन्त्री ग्रामीण सडकका योजना अन्तर्गत झापाको निर्बाचन क्षेत्र नम्बर ४ को ९क०मा सडकको कालोपत्रे निर्माण कार्य भईरहेको छ । उक्त सडकको निर्माण कार्य अन्तिम चरणमा पुगेको स्थानीयबासीले बताएका छन् ।
आर्थिक वर्ष सकिन अब २७ दिन मात्र बाँकी रहँदा प्रदेश सरकारले बिनियोजन गरेको ८७ लाख रुपैयाँ बराबरको उक्त योजनाको बजेट खर्च हुने पक्का भएपछि सांसद मगरले खुसी व्यक्त गरे ।

No posts found.

प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रमा एउटा मुख्यमन्त्री ग्रामिण सडक निर्माण गर्ने उद्देश्यले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले यो कार्यक्रम स्वीकृत गरेको थियो । ग्रामिण क्षेत्रमा उत्पादन हुने कृषि उपजका बस्तुलाई पुर्वपश्चिम राजमार्गका बजारसम्म ल्याएर बिक्री वितरण गर्न किसानलाई सहज होस् भन्ने हेतुले मुख्यमन्त्री ग्रामिण सडकका योजना प्रदेश सरकारले अघि बढाएको हो । यो कार्यक्रम स्विस सरकारको सहयोगमा संचालन भईरहेको छ ।
१ नम्बर प्रदेशमा ७६ वटा ग्रामिण सडक निर्माणको योजना संचालनमा रहेको सांसद मगरले बताए । मुख्यमन्त्री ग्रामिण सडक परियोजनाका सडकहरू बहुवर्षिय योजनाको रुपमा अघि बढिरहेको उनले बताएका छन् ।

झिलझिले — ढुंगेल चोक, निपत्रीया — शिवगञ्ज जोड्ने ११ किलो मिटर सडक कालोपत्रेका लागि आव ०७७/०७८ मा १ करोड विनियोजन भएको सांसद मगरले जानकारी दिएका छन् । उनले भने, ‘ यो बर्ष झिलझिलेको पश्चिम बस स्टेण्डबाट ढुँगेल चोक सम्म ११ सय मिटर सडक कालोपत्रे हुने र बाँकी आगामि बर्षमा हुने छ।’ यो सडकको चौडाई साढे ५ मिटरको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker