क्वारेन्टाईनमा बसेका सबै को पिसिआर परिक्षणको नतिजा नेगेटीभ आएपछि सामुहिक विदाई गरिएको छ

कमल । झापाको कमल गाउँपालिका ३ स्थित शहिद धर्मभक्त माध्यमिक विद्यालयको क्वारेन्टाईनमा बसेका १९ जना नागरिकको पिसिआर परिक्षणको नतिजा नेगेटिभ आएपछी आज सामुहिकरुपमा विदाई गरिएको छ ।
भारतको विभिन्न शहर बाट आफ्नो घर आउनु भएका नागरिकलाई गाउँपालिकाले निर्माण गरेकोे क्वरेन्टाईन राखिएको थियो ।
क्वरेन्टाईनमा राखिएका सबै नागरिकको पिसिआर नतिजाको रिपोर्ट नेगेटिभ आएपछि वहाँहरलाई सामुहिक विदाई गरिएको हो ।

This image has an empty alt attribute; its file name is we-1024x472.jpg


कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले कोभिड १९ को संक्रमबाट कसरी जोगाउन सकिन्छ भन्ने उद्येश्यले हामिले तपाईहरुलाई क्वारेन्टाईन राखेका हौ. । स्वस्थ्य परिक्षण गर्दा तपाईहरुसबैको रिपोर्ट नेगेटिभ आएको छ आगामी दिन पनि तपाईहरु स्वस्थ्य रहनुहोस् भन्ने शुभकामना दिनै विदाई गर्नु भएको थियो ।
विदाई कार्यक्रममा उपाध्यक्ष बेनु सिवाकोटी, प्रमुख प्रसासकिय अधिकृत सुवास श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
भारतका विभिन्न शहर बाट नेपाल आएर गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा बसेका मध्ये १ जना पुरुसलाई पिसिआर पोजेटीभ आएपनि स्वस्थ्य भएर घर फर्कि सक्नुभएको कमल गाउँपालिका स्वस्थ्य शाखा प्रमुख बाबुराम थुलुङ्गले जानकारी दिनुभयो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker