कमल गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुरवात

कमल । झापाको कमल गाउँपालिकाले सोमारबाट प्रधानमन्त्री रोजगार कार्यक्रमको शुरवात गरेको छ ।
आर्थिक वर्ष २०७६ । ०७७ को प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आवेदन दिएका युवाहरुलाई पहिलो चरणमा कमल गाउँपालिकालको वडा नम्वर २ को कार्यलय भवन निर्माण र वडा नम्वर ३ र ५ मा खानेपानि पाईपलाई विस्तारको कार्यमा खटाइने भएको छ ।

This image has an empty alt attribute; its file name is w-1024x683.jpg


गाउँपालिकामा पुर्ण विवरण सहित रोजगारीका लागि आवेदन दिएका १ सय ५० जना युवाहरु मध्ये पहिलो चरणमा ३० जना युवालाई काममा खटाईएको कमल गाउँपालिकाका रोजगार संयोजक भरतचन्द्र तिवारीले जानकारी दिनुभयो ।

This image has an empty alt attribute; its file name is q-1024x688.jpg


कोभिड १९ का कारण देश अहिले विषम परिस्थितीमा रहेको छ । यस्तो अवस्थामा दैनिक ज्यालादारी गरि विहान बेलुकाको छाकटार्न समस्यामा परेका युवालाई प्रधानमन्त्री रोजगार कार्यक्रमले राहात मिलेको कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्ललेले बताउनुभयो ।
यस्तो विषक परिस्थितीमा दैनिक ज्यालादारी गरेर जिवन निर्वाहागर्ने मजदुरलाई राहात दिनुभन्दा उनिहरुलाई रोजगारी दिएर काममा खटाईएको हो । बेरोजगारलाई नितीगत व्यवस्था लगायत लकडाउनको मापदण्ड अनुसार रोजगारी प्रदानगरेको समेत अध्यक्ष काफ्ललेले जानकारी दिनुभयो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker