कमल गाँउपालिकामा कोरोना नियण्त्रणका लागि खटिएका स्वास्थ्यकर्मी माथि दूब्र्यवहार र अपशब्दको प्रयोग

कमल । झापाको कमल गाँउपालिका वडा नं. ३ मा कोरोना संक्रमण रोकथामका लागि खटिएका स्वास्थ्यकर्मीहरुमाथि गौरीमान फागोको नेतृत्वमा आएको स्थानियको हुल हुज्जतले क्वारेन्टाईनमा खटिएका स्वस्थ्यकर्मिमाथी दूव्र्यवहार र अपशब्द प्रयोग गरेको स्वास्थ्यकर्मीले बताएकाछन् ।
स्वास्थ्यकर्मीले आफुहरुमार्थि दूव्र्यवहार र अपशब्द गरेको भन्दै आकस्मिक बाहेकका अन्यसेवामा आफुहरु जान नसक्ने कमल गाउँपालिकाका स्वस्थ्य शाखा प्रमुख बाबुराम थुलुङले जानकारी दिनुभयो ।

No posts found.
This image has an empty alt attribute; its file name is GA-761x1024.jpg


विना अनुमति क्वारेन्टाइन बनाएको, स्वास्थ्यकर्मीहरु वडा कार्यालयमा बसेको ? क्वारेन्टाइनमा रहेका नागरिकलाई झ्यालबाट बाहिर किन हेर्न दिएको ? क्वारेन्टाईन भित्रै बस्नु पर्दैन ? स्वस्थ्यकर्मिको वाईक अफिस अगाडी किन पार्किङ्ग गरेको ? भन्दै अपशब्द प्रयोगगरी स्वास्थ्यकर्मीलाई हप्काएको प्रेष बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

This image has an empty alt attribute; its file name is uy-1.jpg


यस्तो विषम परिस्थितीमा स्वस्थ्यकर्मिको मनोवल बढाउनुपर्नेमा स्थानिय द्वारा भएको घटना प्रति गाउपालिकाको ध्यानकर्षण भएको बताउदै स्वास्थ्यकर्मीमाथि भएको दूब्र्यवहारप्रति खेद प्रकट गर्दै गाँउपालिकाको तर्फबाट प्रेष बिज्ञप्ति समेत जारी गरिएको छ ।
यस्तो विषम परिस्थितीमा कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मीको मनोवल उच्च राख्दै कर्मचारीको सुरक्षा र हितमा सदैब गाउँपालिका लाग्ने काफ्लेले बिज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

This image has an empty alt attribute; its file name is Hp.jpg


गाउँपालिकाले स्थापना गरेको क्वरेन्टाईनमा बस्ने नागरिकको संख्या धेरै भएको र यस्तो अवस्थामा यदि कसैलाई कोभिड १९ भएमा त्याहाँ रहेका अन्य नागरिकमा पनि संक्रमित फैलिन सक्ने भएकोले अन्य स्थानमा पनि क्वारेन्टाईन निर्माण गर्नुपर्ने सुझाव दिन र गाउँपालिकाले सन्चालनमा ल्याएको आधारभुत स्वस्थ केन्द्रका कर्मचारीले सेवा ग्राहिलाई दिने सेवाको गुणस्तर सुधार सम्बन्धि सुझाव दिन वडा कार्यलय वाहिरभेला भएका थियौं । यसै समयमा स्वस्थ्यकर्मि संग सामान्य वादविवाद भएको स्थानिय गौरिमान फागोले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker