मन्त्री कार्कि द्वारा कमल गाउँपालिकामा तोपगाछी खानेपानी वाटर सप्लाईको शिलान्यास

उमानाथ भण्डारी

No posts found.

कमल । प्रदेश नम्वर १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री माननिय हिक्मत कुमार कार्किले जनतालाई स्वथ्य पानि उपलब्ध गराउनु सरकारको दाईत्व भएकोले अहिले धमाधम खानेपानिका योजना सञ्चालनमा भैरहेको बताउनु भयो ।
सो कुरा आज झापाको कमल गाउँपालिका वडा नम्वर २ मा निर्माण हुनलागेको तोपगाछी खानेपानी वाटर सप्लाई कमल १ र २ को शिलान्यास पछी आफ्नो मन्तव्यका क्रममा मन्त्री कार्किले सोकुरा बताउनु भएको हो ।

This image has an empty alt attribute; its file name is fg-1024x472.jpg


सरकारले सन २०२५ सम्ममा सबै जनतालाई स्वस्थ्य पानि उपलब्ध गाराउकालागी ठुला खानेपानी आयोजनाहरु सन्चालनमा रहेको र त्यस्ता आयोजनाहरु अहिले धमाधम निर्माण भैरहेको छ मन्त्री कार्किले भन्नुभयो ।
सन्चालनमा गौरवका र ठुला आयोजना सम्पन्न गर्नका लागी सरकार संग प्रशस्त बजेट छ तर कोभिड १९ का कारण नयाँ योजनाहरु अहिले सन्चालन नगरिने समेत मन्त्री कार्किले बताउनु भयो ।
कोभिड १९ का कारण विदेशमा अलपत्र परेका ३ सय नागरिक भोलि दुबै बाट आउदै हुनुहुन्छ । वाहाँहरु लाई सरकारले निर्माण गरेका क्वरेन्टाईन १४ दिन सम्म राखेर स्वस्थ्य परिक्षण पछि आ आफ्नो घर पठाईने कार्किले बताउनु भयो ।
कोरोना आफै आउदैन जब सम्म तपाई उसलाई लिन घर वाहिर जानुहुन्न त्यसैले सरकारले गरेको लकडाउनलाई पुर्ण रुपमा पालन गर्नुपर्ने हुन्छ । लकडाउन अझै बढ्न सक्ने समेत मन्त्री कार्किले बताउनुभयो ।

गाउँपालिकामा अन्य वडामा खानेपानी को व्यवस्था भएपनि वडा नम्वर १ र २ मा खानेपनि को समस्य थियो त्यो समस्या अव चाडै हलहुने छ । आफुले निर्वाचनका बेला गरेको प्रतिवद्धता समेत पुराहुने कमल गाउँपालिकाका अध्यक्ष मेनुका कफ्लेले बताउनु भयो ।
४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्याकिं निर्माणकालागी ९ करोड ८४ लाख ११ हजार २४० रुपैयामा ठेक्का संझौता भएको आयोजनाको निर्माण २८ महिना भित्र सम्पन्न हुने छ । सो आयोजना बाट गाउँपालिकाको वडा नम्वर १ र २ का २ हजार १ सय परिवारले शुद्ध पानि पाउने कमल गाउँपालिका उपाध्यक्ष बेनु सिवाकोटीले जानकारी दिनुभयो ।
कार्यक्रमको सहजकिरण कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker