झापाको कमल गाउँपालिकामा पहिलो संक्रमित फेला परेको छ

कमल । झापाको कमल गाउँपालिकामा पहिलो संक्रमित फेला परेको छ ।
कोभिड १९ पोजेटभि फेला परेका १८ वर्षे युवक भारतको पटना बाट जोगवनी नाका हुदै जेठ १४ गते गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाईमा आईपुग्नु भएको थियो ।
वहाँलाई कोभिड अस्पताल विराटनगर पठाई सकिएको छ र वहाँको स्वस्थ्य अवस्था सामान्य रहेको कमल गाउँपालिका स्वस्थ्य शाखाले जनाएको छ ।
कमल गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा यो समाचार तयार पार्दा सम्म जम्मा ६० आएको र ति मध्ये ४० जना को आरडिटी र पिसिआर परिक्षणमा नेगेटिभ नतिजा आएपछि आ आफ्नो घर गईसक्नु भएको छ भने १९ जनाको पिसिआर परिक्षण गर्न वाँकि रहेकोले क्वारेन्टाईनमा रहेको े स्वस्थ्य शाखा प्रमुख बाबुराम थुलुङले जानकारी दिनुभयो ।
पछिल्लो २४ घण्टामा २ सय १ जना नयाँ संक्रमित पुष्टि भए संगै नेपालमा कुल संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ भने ९ जनाको कोभिड १९ बाट मृत्यु भै सकेको स्वास्थ्य मन्त्रालयले जनाए छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker