नेपालमा कोरोना संक्रमित बढेको बढ्यै, ७२ जना थपिएसँगै ६७५ पुग्यो

झापा । आज सोमबार थप ७२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा आज बिहान १०ः४५ मा जारी प्रेस नोटमा सो कुरा उल्लेख छ । यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६७५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ थपिएका ७२ जनामध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा ३७ जना, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा ५ जना रहेको उल्लेख छ ।

यसैगरी, किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र हेटौंडामा २१ जना, भेरी अस्पताल नेपालगञ्जमा ५ जना र प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा २ जना रहेको डा. अधिकारीद्वारा जारी प्रेस नोटमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker