केर्खा बजारमा गमलामा वृक्षारोपण

कमल । कमल गाउँपालिका वडा ३ को आर्थिक सहयोगमा वडा नम्वर ३ स्थित केर्खा बजारमा गमलामा विरुवा रोपिएको छ ।
वडा नम्वर ३ को फाल्गुन्द टोलमा र बजारको पुर्वपश्चिम राजमार्ग सग जोडिएको भागमा बजारलाई सुन्दरता प्रदानगर्दै वातावरण लाई सफाराख्ने उद्येश्यले ८६ थान गमलामा एरिकापाम र स्वमि जातको विरुवा रोपिएको केर्खा बजार फोहोर मैला व्यवस्थापन समितीका संयोजक प्रविण राईले बताउनु भयो ।

This image has an empty alt attribute; its file name is w-1-1024x472.jpg


वडा कार्यलयको १ लाख र फाल्गुन्द टोल विकास सस्थाको २३ हजार ४ सय ४० रुपैया खर्च गरी बजारमा वृक्षारोपण गरिएको हो । यो सफल भएमा आगामी वर्ष थप बजेट को व्यवस्था गरी कालोपत्रे भएका सबै सडकमा दुबै तर्फ गमला सहित विरुपा रोपिने वडा अध्यक्ष नरप्रसाद दंगालले जानकारी दिनुभयो ।
गमला सहितको वृक्षारोपणले बजारमा राम्रो सौदर्यता देखिएको छ । विरुवालाई संरक्षण गरी उर्काउनु बजार वासिको जिम्वेवारी हो । तर यहाँ हुने खुल्ला चरिचरणका कारण विरुवा जोगाउन निकै कठिन हुने स्थानिय बताउछन् ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker