Passing Two Months Period of Lockdown in Nepal

Bijaya Adhikari


 It has been two months since the lockdown was started in Nepal with the aim of controlling the corona virus infection.  People’s life in the country has been badly affected during the lockdown period of 61 days from March 24, Tuesday to today May 23, Saturday.  Industry, profession, business, education, employment etc. are all at a standstill. 

National and international flights and road transport are closed.  People’s daily activities are depressing.  Cities, markets, and villages are desolate.  Poor people are already having problems for their basic needs.  The country’s economy is decreasing.  Schools, colleges and universities are closed.  SEE and Class 11/12 exams have become uncertain.  Society  is in crisis.  No one has been able to predict exactly what will happen next.  People are terrified.  Remittances from foreign employment have been withheld.  The government is confused, the people are confused. 

Lockdown is still going on.  Though the government has set a lockdown period till June  2 there are indications that it will continue even after that.  During this period of lockdown, the number of corona infected people has reached upto 548.  It can be predicted that this number would have been much higher if the lockdown was not issued.  Three of the infected have died till now. In this tragic situation where the country is in danger due to the epidemic, India has captured the border at Lipulek, Limpiyadhura and Kalapani in western Nepal.  At a time when social and physical distance has to be maintained, the people have to raise voice gathering in groups for the protection of the country’s borders and nationality.  The country has fallen in tragic situation right now.  We are at a critical juncture in the history of facing calamities on the one hand and rude activities of our neighbors on the other. Let’s be patient.  We must be able to move forward with optimism. 

May the unity and solidarity of all of us be strengthened to eradicate this pandemic! Namaste everyone with this wish!!! 

काेराेना भाइरस सङ्क्रमणलाई नियन्त्रण गर्ने उद्देश्यले नेपालमा लक डाउन सुरु गरिएकाे अाज दुई महिना पूरा भएकाे छ । गत २०७६/१२/११, मङ्गलबारदेखि अाज २०७७/२/१०, शनिबारसम्म जम्मा ६१ दिनकाे लक डाउन अवधिमा देशमा जनजीवन नराम्ररी प्रभावित बनेकाे छ । उद्याेग, पेसा, व्यवसाय, इलम, ज्यालादारी, मजदुरी सब ठप्प छन् ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान र सडक यातायात बन्द छ । मानिसहरूका दैनिक क्रियाकलापहरू उदासीन छन् । सहर, बजार र गाउँहरू सुनसान र चकमन्न छन् ।   विपन्न वर्गका मानिसहरूलाई हात मुख जाेर्न नै समस्या पर्न थालिसकेकाे छ । देशकाे अर्थतन्त्र धरासायी हुँदै गइरहेकाे छ । विद्यालय, महाविद्यालय र विश्वविद्यालयहरूकाे पठनपाठन बन्द छ । एसइई र कक्षा ११/१२ काे परीक्षा अनिश्चित बनेकाे छ । समाज अन्याेलमा छ, देश अन्याेलमा छ । अब के हुने हाे भन्ने सही अनुमान कसैले पनि लगाउन सकेकाे छैन । मानिसहरूमा सन्त्रास व्याप्त छ ।

वैदेशिक राेजगारीबाट प्राप्त हुने रिमिट्यान्स राेकिएकाे छ । सरकार किंकर्तव्यविमूढ छ, जनता अलमलमा छन् । लकडाउन अझै जारी रहेकाे छ । सरकारले जेठ २० गतेसम्मलाई लक डाउनकाे अवधि ताेकेकाे भए पनि त्यसपछि पनि कायम रहिरहने सङ्केत देखिएकाे छ । लक डाउनकाे यस अवधिभित्र काेराेना सङ्क्रमितहरूकाे सङ्ख्या १, २… हुँदा हुँदै ५४८ पुगिसकेकाे छ । लक डाउन नगरिएकाे भए याे सङ्ख्या अझै धेरै पुग्ने थियाे भनेर सहजै अनुमान गर्न सकिन्छ ।

सङ्क्रमितहरूमध्ये ३ जनाकाे मृत्यु भइसकेकाे छ । महामारीकाे कारण देश विपत्तिमा परिरहेकाे यस दु:खद अवस्थामा भारतले पश्चिम नेपालमा लिपुलेक, लिम्पियाधुरा र कालापानीमा सिमाना मिच्दै बाटाे बनाइरहेकाे छ । सामाजिक र शारीरिक दुरी कायम गरेर बस्नुपर्ने बेलामा देशकाे साँध सिमाना र राष्ट्रियताकाे रक्षाकाे निम्ति जनताले समूहमा भेला भई सङ्घर्ष गर्नुपरिरहेकाे छ ।

दाेहाेराे मारमा परेकाे छ अहिले देश । एकातिर दैवी विपत्ति र अर्कातिर छिमेकीकाे दादागिरीकाे सामना गर्नु पर्ने इतिहासकै जटिल माेडमा हामी छाैँ ।धैर्य गराैँ, हाेसियार रहाैँ । हामीले अाशावादी भएर अघि बढ्न सक्नुपर्छ । विपत्तिलाई पन्छाउन हामी सबैकाे भावनात्मक एकता मजबुत बन्न सकाेस् ! यही कामनाका साथ सबै जनालाई नमस्कार !

अधिकारी कमल २ स्थित महेन्द्ररत्न माध्यमिक विद्यालयका शिक्षक हुन् ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker