कमल गाउँपालिकाका कर्मचारीहरुले प्रोत्साहन भत्ता नलिने

कमल । कमल गाउँपालिकाले कर्मचारीलाई उपलब्ध गराउदै आएको प्रोत्साहन भत्ता कमल गाउँपालिकाका कर्मचारीहरुले नलिने भएकाछन् ।
गाउँपालिकाको विहिवार बसेको कार्यपालिको वैठकले स्वस्थ्य र सरसफाई वाहेकका कर्मचारीले लिदै आएको प्रोत्साहन भत्ता लकडाउन अवधिभर नलिने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत शुवास श्रेष्ठले जनाकारी दिनुभयो ।
गाउँपालिकाले कर्मचारीलाई उपलब्ध गराउदै आएको प्रोत्साहन भत्ता गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा जम्मागर्ने र सोहि कोष बाट यो बिषम परिस्थितिमा कोरोना भाइरसको (कोभिड १९) संक्रमण रोकथामका लागि खर्च गरिने कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker