साहारा नेपाल द्वारा दमकमा राहात वितरण

उमानाथ भण्डारी

कमल । साहारा नेपाल साकोस चारपानेले आज दमकमा रहेका अतिविन्न र दैनिक ज्यालादारी गरी गुजारा गर्ने परिवारलाई राहात वितरण गरेको छ ।
नोवेल कोरोना भाइरस (कोभिड १९) को रोकथाम र नियन्त्रणका लागी सरकारले गरेको लकडाउनका कारण दैनि जिवन निर्वाहगर्ने समस्यामा परेका खोलामा गिटी कुटेर खाने परिवार, निर्माण कार्यमा खटिएका मजदुर, असाय, अपाङ्ग, एकल र महिलाका परिवारलाई साहारा नेपाल साकोसले स्थापना गरेको एक परिवारले एक विपन्न परिवारलाई सहयोग गर्ने कार्यक्रम अन्तरगत दमक वडा नम्वर ३ मा रहेका ४० परिवार र वडा नम्वर ४ मा रहेका ६० परिवार गरि जम्मा १ सय परिवारलाई राहात वितरण गरिएको साहारा नेपाल साकोस दमक शाखाका प्रमुख डम्वर प्रधानले जानकारी दिनुभयो ।


वितरण गरिएको राहात सामाग्रीमा चामल २५ के.जी., दाल २ के.जी., नुन २ के.जी., खाने तेल २ के.जी.,लुगाधुने सावुन १ थान र नुहाउने सावुन १ थान वितरण गरिएको यस अभियानका सहयोगी सस्था नेपाल औषधी व्यवसायी संघ झापाका अध्यक्ष गौतम गुप्ताले बताउनु भयो ।
साकोसले मेचीनगर नगरपालिकामा १ सय ५० जना, अर्जुनधारा नगरपालिकामा १ सय जना ,विर्तामोड नगरपालिकामा १ सय ५० जना, कन्काई नगरपालिकामा १ सय जना , भद्रपुर नगरपालिकामा १ सय जना र दमक नगरपालिकामा १ सय जना गरी जम्मा ७ सय जनालाई राहात वितरण गरिसकेको सस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker