कमल गाउँपालिकाले सिमासुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई प्रोत्साहन स्वरुप खाजा उपलब्ध गराएको छ
उमानाथ भण्डारी
कमल । सिमासुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई झापाको कमल गाउँपालिकाले प्रोत्साहन स्वरुप खाजा उपलब्ध गराएको छ ।
विश्वव्यापि रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागी नेपाल सरकारले गरेको लकडाउनमा झापाको माईपश्चिम क्षेत्रको दक्षिणी सिमानामा तैनाथ सशस्त्र प्रहरीलाई

गाउपालिकाले खाध्यन्न सामाग्री अन्तरगत चाउचउ, आलु, विस्कुट, लगाएतका सामग्री उपलब्ध गराएको कमल गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत सुवास श्रेष्ठले जानकारी दिनुभयो
झापाको माईपश्चिम र रतुवानदि पुर्व र पुर्व पश्चिम लोकमार्ग दक्षिणमा सिमासुरक्षा हेर्नेगरी २ वटा स्थाई भवन सहित २७ वटा अस्थाई पोष्ट स्थापना गरी १ सय ८१ जना सशस्त्र प्रहरी परिचालन गरिएको छ । उनिहरुले २४ घण्टा सिमासुरक्षामा ड्युटी रहेको डिएसपी सुमन पोख्रेलले जानकारी दिनुभयो । ड्युटीमा खटिएका सुरक्षाकर्मिलाई बस्ने , खानेपानी र सवारी साधनको समस्यारहेको डिएसपी पोख्रेलले जानकारी दिनुभयो ।