कमल गाँउपालिकाका ३ सहित दमकबाट ५८ जनाको स्वाब परीक्षणका लागि धरान लगियो

उमानाथ भण्डारी

कमल ÷ झापाको दमक ३ मा भेटिएका कोरोना संक्रमितको पहिलो घेरामको सम्पर्कमा आएका व्याक्तिहरुको पहिचानसंगै उनिहरुको स्वाब परीक्षण शुरु गरिएको छ ।

आइतवार र सोमवार विहान गरेर दमकका ५३ र कमल गाँउपालिकाका ३ जनाको स्वाब परीक्षण भएको दमक नगरपालिकका स्वास्थ्य शाखा श्रोतले जनाएको छ ।

संक्रमितको सम्पर्कमा आएका कमल गाउँपालिका रहेका ५ जनाको आरडीटी परिक्षण गरिएको थियो भने ३ जनाको सिआरभि परिक्षणका लागी स्वाब लिईएको कमल गाउँपालिका स्वस्थ्य शाखा प्रमुख बाबुराम थुलुङ्गले जानकारी दिनुभयो । कलेक्सन गरिएका स्वाबहरु धरान पठाईएको छ। दमक नगरपालिकाका जन स्वास्थ्य निरीक्षक बद्रि बरालले बताउनुभयो ।

पहिलो घेरामा रहेकाहरुको पहिचान गरेर हामीले स्वाब लिएका प्रमुख थुलुङ्गले बताउनुभयो । नगरपालिकाले थप परीक्षणको दायरा पनि बढाउदै जाने बताईन्छ । ३ नम्बरमा गरिएको सिल कायम राख्ने र दमकभर लकडाउन थप कडा गर्ने बिषयमा पनि छलफल भइरहेको छ ।

नगरपालिका श्रोतका अनुसार केहि शंकाश्पद देखिएकाहरुलाई निगरानीमा राखिने छ । आइतवारको आरडीटी परीक्षणपछि सरोकारवालाहरुको बैठक क्वारेन्टाइनमा बसेको थियो ।

आरडीटी रिर्पोटमा भर पर्न नसकिने जनाउदै यसलाइ कम महत्व दिन त्यहाँ छलफल भएको पनि बताईएको छ । आरडीटीमा केहि शंकाश्पद रिर्पोट आएको श्रोतको दाबी छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker