सशस्त्र प्रहरीका एसपी द्धारा व्यक्तिको निजी सम्पतीमा आगजनी

उमानाथ भण्डारी

No posts found.

कमल । झापाको कमल गाँउपालिकामा सशस्त्र प्रहरीका एसपीले स्थानीय एक व्यक्तिको निजी सम्पतीमा बुधबार साँझ आगजनी गरेका छन् ।
सशस्त्र प्रहरीको प्रहरी जवान शिक्षालय कमल ५ का सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुधिरजङ थापाको निर्देशनमा स्थानीय पुर्ण बहादुर माझीको पुराना काठ पातमा आगजनी भएको हो । एसपी थापाले २०÷२५ जनाको सशस्त्र प्रहरी लगाएर काठपातमा आगजनी गरिदिएको वडा अध्यक्ष डम्बर बहादुर निरौलाले बताए । उनका अनुसार माझीले पुरानो घर भत्काएर जम्मा पारेको काठपातमा सशस्त्र प्रहरीले आगजनी गरिदिएको हो ।
माझी २०५४ सालदेखी त्यहाँ बसोबास गर्दै आएका थिए । रतुवा खोलाको बाढीले विस्थापित गरेपछी तत्कालीन प्रमुख जिल्ला अधिकारीको अनुमतीमा स्थानीय प्रशासनले माझी लगायतका १५ घर परिवारलाई त्यहाँ राखेको थियो ।
२०५९ सालमा सशस्त्र प्रहरीको पाथिभरा गण स्थापना भएपछि माझी लगायतका गाँउलेले उपभोग गर्दे आएको जग्गा गणलाई प्रदान गरिएको थियो । स्थानीय जानकारका अनुसार सुकुम्बासीको बसोबास भएको सो क्षेत्रमा अर्को व्यवस्था नभएसम्म गाँउलेलाई त्यहीं राख्ने सहमती थियो । उक्त जग्गा नेपाल सरकारको हो ।
सशस्त्र प्रहरीले यसअघि स्थानीय गाँउलेलाई उक्त जग्गा खाली गर्न पटक पटक दबाब दिंदै आएको पीडितले बताएका छन् । ‘पुरानो घर भत्काएर निकालिएका काठपात खाली जमिनमा राखिएको थियो । सशस्त्र प्रहरीका हाकिम आएर एक्कासी आगजनी गरिदिनु भयो,’ उनले भने ।
वडा अध्यक्ष निरौलाका अनुसार सशस्त्र प्रहरीका एसपीको सनकले एक जना गरिबको निजी सम्पत्तिमा आजगनी भएको हो । ‘आगजनी भईरहदा म पुगेको थिए । त्यहाँ एसपी साहेव आफै हुनुहुन्थ्यो । के गर्नुभएको यो ? भनेर सोद्धा तालिम केन्द्रको जग्गा मा काठपात राखेको थियो, हटाउन्ुहोस् भनेर पटक पटक भन्यौ । नटेरेपछि आगो लगाइदिएको भनेर गैर जिम्मेवार जवाफ दिनुभयो,’ वडा अध्यक्ष निरौलाले भन्नुभयो ।
वडा अध्यक्ष निरौलाका अनुसार माझीको परिवार अति विपन्न हो । उनलाई लकडाउनका कारण जीवन चलाउन मुस्किल परेको बेला गाँउपालिकाले राहत पनि दिएको थियो । गाँउका अन्य घरमा जस्तापाताको छाना हुँदा उनका घरमा खरको थियो । पालिकाले ५० हजार अनुदान दिएर माझिले अब बन्ने नयाँ घरमा जस्ता लगाउने तयारी गरेका थिए ।
स्थानीयका अनुसार आगो निभाउने क्रममा २१ वर्षीय लक्ष्मण माझी र ५८ वर्षीय तोस्तादेवी कोइरालाई सशस्त्र प्रहरीले कुटपिट समेत गरेका थिए । वडा अध्यक्ष लगायतका जनप्रतिनिधि घटना स्थल पुगेको केहीबेरपछि एसपी लगायतको टिम घटना स्थालबाट फर्केको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker