मकैमा दान नलागेका कारण कृषक चिन्तित
उमानाथ भण्डारी
कमल । झापाको कमल गाउँपालिका एक कृषकले आफ्नो खेतमा लगाएको मकैमा दान नलागेका कारण चिन्तित हुनुभएको छ ।
कमल गाउँपालिका वडा नम्वर ७ का कृषक महेन्द्र प्रसाद दहालले ४० देखी ४५ हजार रुपैया खर्चेर २४ कठ्ठा खेतमा रोपेको मकैमा दाना नलागेका कारण वहाँ चिन्तित हुनुभएको हो ।
प्रति क.ेजि. ६ सय ५० रुपैयाका दरले विउ खरिद गरि गत मंसिर १९ गते ८२६ जातको मकै रोपेपनि एउटै घोगामा दाना लागेको छैन मकैको बोट र त्यसमा लागेको घोगा हेर्नेहो भने २ सय मन पल्ने आशामा रहेको कृषक महेन्द्र प्रसाद दहाल बताउनुहुन्छ ।
मकैको विउ विक्रेता का अनुसार अन्यत्र मकै फलेको र यस ठाउमा कमै नफल्नुमा मौसमको कारण भएको मकैको विउ विक्रेता दिनेश सामग्री भण्डार गौरादह २ का संचालक लेखबहादुर थापा बताउनु हुन्छ ।

. कृषकले वढी उत्पादन गर्ने मनसायले उन्नतजात (हाईब्रिड) लगाउने चलन छ । उन्नतजातमा पहिलो पुस्ता अत्याधिक धेरै फल्छ त्यसैलाई कृषकलले पुन विउमा प्रगोग गर्नाले पनि यस्तो समस्या आउछ भने अर्कोतिर कहिले काँहि पराग सेचनका समयमा एक्कासि मौसममा आएको परिबर्तनले गर्दा पनि मकैमा दाना नलाग्ने समस्या आएको हुन सक्ने कमल गाउँपालिका कृषिविकास शाखाका प्रमुख महेन्द्र बोहोराले बताउनु भयो ।
यसरी कृषकले लगाएको वालिमा उत्पादन नभएमा विउविजन वियमावली अनुसार मुल्याङ्कन समितीले गरेको निर्णय अनुसार विउविक्रेताले कृषकलाई क्षतिपुर्ति दिनुपर्ने कानुनी प्रवधान रहेको प्रमुख बोहोराले जानकारी दिनुभयो ।
कोरोना भाईरस कारण देश लकडाउनमा छ । कृषकका खेतमा लगाको कतिपय तरकारी बालीले बजार नपाएर कुहिन थालेको छ । अर्कोतिर खेतमा लगाएको मकैमा दाना लागेको छैन जता बाट जे भएनी चेपुवामा पर्ने कृषक नै रहैछौ यस्तो बेलामा सम्बन्धितपक्षले कृषकलाई क्षतिपुर्ति दिनुपर्ने अगुवा कृषकको भनाई छ ।